वुद्ध जयन्तीमा वृहत ¥याली

चितवन, ८ जेठ । चित्रवन विहार संघ नारायणगढले २५६०औँ बुद्ध जयन्तीको अवसर पारेर वृहत शान्ति ¥यालीको आयोजना गरेको छ । बिहार संघ नारायणगढबाट सुरु भएर पोखरा बसपार्क, सहिदचोक, पुलचोक हुँदै पुनः बिहारमा नै पुगेर समापन भएको थियो ।
शान्ति ¥यालीमा विभिन्न विद्यालय संघसंस्थाबाट करिब पाँच सय जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम चित्रवन बिहार संघ नारायणगढका सचिव विजयराज बज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।