पहिलो यार्सा महोत्सव हुँदै

yarshaनेपालमा नै पहिलो पटक ४५ सय मिटर उचाईमा पुपाल यार्सा महोत्सव २०७३ हुने भएको छ । रुकुम जिल्लाको उत्तर पुर्व भेग रन्मामैकोट गाविसमा नेपालमै पहिलो पटक यार्सागुम्वाको महत्वबारे अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पुपाल यार्सा महोत्सव २०७३ हुन लागेको हो ।जैविक विविधता दिवस २०७३ को अबसर पारी आयोजना गर्न लागिएको महोत्सवको जेठ ९ देखि २३ गतेसम्म चल्ने छ ।
महोत्सवको तयारी अन्तिममा पुगेको मुल आयोजक समितिका संयोजक लक्ष्मी प्रसाद पुनले जानकारी दिए ।महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा वनमन्त्री अग्नी सापकोटा र आपुर्ती मन्त्री गणेशमान पुनको समेत सहभागिता हुने आयोजकले जनाएको छ ।यार्सा शक्तिवद्र्धक जडीबुटी हो । यसको मुल्य एक हजार देखि १५ रुपैयाँ पर्ने पुनले बताए ।समुन्द्र सतहदेखि ४५ सय मिटरको उचाईमा यो क्षेत्र रहेको छ । जिल्ला सदरमुकामा खलंगाबाट करिव १ दिनको गाडी यात्रा र एक दिनको पैदल पछि
महोत्सव स्थलमा पुग्न सकिन्छ ।नेपालमा उच्च गुणस्तरको यार्सा यही पुपालको भएको दावी आयोजक समितिका संयोजक पुनको छ । त्यसलाई प्रचार गरी यार्साको महत्व बुझाउन कार्यक्रम आयोजना गरिएको उनले जानकारीदिए । साथै यस क्षेत्रको पर्यटन विकासका लागि समेत महोत्सव उपयोगी हुने पुनको दावी छ ।महोत्सव पछि मात्रै सो क्षेत्रमा यो बर्षको यार्सा संकलन फुकुवा गरिने आयोजकले जनाएको छ ।
के हो यर्सा गुम्बा ?
यर्सा गुम्बा बहुमुल्य जडिबुटि हो । यो शक्तिर्बद्धक जडीबुटीको रुपमा समेत लिने गरिन्छ । चिनको तिब्बतबाट आयुर्वेदिक औषधीको रुपमा १५ सय बर्ष अगाडीदेखि औषधीको रुपमा रहेको स्थानिय बताउछन् ।

.