पुरानो मेडिकल कलेजको मुटु रोग शिविर तिव्र

.

चितवन, ०६ जेठ । चितवनको पुरानो मेडिकल कलेज ‘कलेज अफ मेडिकल साइन्सेस’ले निःशुल्क मुटु रोग शिविर तिव्र पारेको छ ।
कलेजले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत जारी शिविरलाई तीव्र पारेको कलेजका आवासीय निर्देशक डा.भी नटराजप्रसादले जानकारी दिए । उनले निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकतामा पारेको बताए ।SIBIR 1SIBIR 2 SIBIR 3
प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि सामाजिक अभियान अन्र्तगत रत्ननगर नगरपालिका जिरौनाको पिस भिजन इनग्लिस बोडिङ्ग स्कुलमा बालबालिका तथा अभिभावकहरुको मुटु र चिनीरोग परिक्षण गरेको कलेजका बरिष्ठ मुटुरोग शल्य चिकित्सक डा. कौशल तिवारीले जानकारी दिए ।
कलेजका बरिष्ठ मुटुरोग शल्य चिकित्सक डा. कौशल तिवारी र बरिष्ठ मुटु रोग बिषेशज्ञ डा. शंकर लौडारीको नेतृत्वमा सन्चालन भएको निःशुल्क मुटु परीक्षणबाट ४ सय ७५ जना लाभान्वीत भएकोमा त्यस मध्ये १८ जना लाई विस्तृत जांचको लागि कलेजमा रिफर गरिएको उनले बताए ।