दुम्किबासमा टाउको काटी हत्या गर्ने हत्यारा सार्वजनिक
दयाराम आचार्य
नवलपरासी,जेठ ५
भारत घर हाल दुम्किबास १ मा डेरा गरी बस्दै आएका र कवाडको काम गर्ने बर्ष २० का ब्रिजमोहन गुप्ताको हत्या गर्ने हत्यारालाई ईलाका प्रहरी कार्यलय नवलपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेका भारत मोतिहारी घर भई हाल नवलपरासीको दुम्किबासमा १ मा बस्दै आएका बर्ष १७ का सुरेन्द्र कुमार शाह र भारत नरकटियागंज घर भई दुम्किबास १ मा डेरा गरी बस्ने बर्ष २५ का मुसाफिर खानलाई सार्वजनिक गरेको हो । अभियुक्त दुवै जना कवाडको काम गर्दै आएका थिए ।
नवलपरासीको दुम्किबास १ मा बैशाख २५ गते टाउको काटिएको अवस्थामा मृतक बृजमोहन गुप्ताको शव भेटिएको थियो भने जेठ ३ गते सोमबार प्रहरीले अनुसन्धान र खोजतलासको क्रममा दुम्किबास बजार नजिकैको जंगलबाट काटिएको टाउको बरामद गरेको थियो ।
पैसाको लेनदेनको बिवादमा अभियुक्त सुरेन्द्र गुप्ता र मुसाफिर खानले मृतक गुप्ताको कोठामै पहिले हातले घाटि थिचि मारी टायर काट्ने चक्कुले घाटी काटी रानिनै लाश नालिमा हालि टाउको बोरामा प्याक गरी दुम्किबास बजार बाट १ किलोमिटर पुर्व जंगलमा फालेको स्विकार गरेका छन । अभियुक्त दुई जनालाई प्रहरीले दुम्किबास बाट नियन्त्रणमा लिएको थियो ।
यस्तै प्रहरीले बि. स. २०६८ साल जेठ १२ गते नवलपरासीको कावासोती नगरपालिका ५ बस्ने सुर्य सुबेदीको घरमा १ करोड रुपैया बराबरको धनमाल डाका गरी फरार १ जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
सो घटनामा संलग्न धुनषा जिल्ला धारापानी गाविस ३ का बर्ष २७ का निरज थापा मगरलाई आज सार्वजनिक गरेको हो ।
मगरलाई ईलाका प्रहरी कार्यलय कावासोती र महानगरीय प्रहरी बृत लैनचौरको सयुंक्त टोलिले काठमाडौं बाट नियन्त्रणमा लिएको हो ।
सो घटनामा संलग्न ७ जना मध्य यस अघि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिईसकेको थियो भने अझै १ जना फरार रहेको प्रहरीले जनाएको छ ।