Breaking News : खेतमा काम गर्दा चट्याङ्ग लागेर पूर्वी चितवनमा २ को मुत्यु, दुई घाईते
राजेन्द्र आचार्य
चितवन, ०४ जेठ । चितवनमा हावाहुरी बर्षासगै परेको चट्याङ्ग लागेर पूर्वी चितवनको राप्ती नगरपालिकामा दुई जनाको मुत्यु भएको छ । भने २ जना घाईते भएको छन् ।
आज साझां राप्ती नगरपालिका वडा नम्बर–१२ वीरेन्द्रनगरमा सोही ठाउका बर्ष २१ का कमल पुनको घटनास्थलमा र राप्ती नगरपालिका वडा नम्बर–८ गैडाढापमा खेत खन्दै गरेका बर्ष ३५ का मकवानपुर फापरबारी निवासी मानबहादुर तामाङ्गको थप उपचारका लागि भरतपुर ल्याउदै गर्दा बाटोमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दिपक श्रेष्ठले सौराहा अनलाईनलाई जानकारी दिए । साथै गैडाढापमा नै काम गरिरहेका राप्ती–८ डडुवाका बर्ष १९ का प्रकाश परियार र बर्ष १८ का सुरेश परियार घाईते भएको उनले बताए । घाईते दुवै उपचारका लागि भरतपुर ल्यार्ईको छ ।