चितवनमा सम्मानित हुँदै अभिनेता खनाल र पत्रकार खतिवडा

 

चितवन, ०४ जेठ । चलचित्र पत्रकार संघ चितवन शाखाले यही जेठ ७ गते परेको चलचित्र पत्रकारिता दिवसमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ । संघले लामो समय मोफसलमा रहेर सक्रियरुपमा रंग पत्रकारिता गर्दे आईरहेका बिमल खतिवडा र आफनो ज्वोलन्त अभिनयका कारण चितवनको नाम चम्काएका अभिनेता सरोज खनाललाई सम्मान गर्ने भएको छ । संघले खतिवडालाई नगद दस हजार एक सय एक रुपैयाको राशी सहित चितवन चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो । साथै संघले चितवन घर भई नेपाली चलचित्र क्षेत्रमा थुप्रै सफल चलचित्रमा अभिनय गरेका अभिनेता सरोज खनाललाई चितवन चलचित्र कलाकारिता बिषेश सम्मानबाट सम्मानित गरिन लागेको चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले बताए ।

अध्यक्ष लामिछानेले चलचित्र पत्रकार संघ चितवन शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जनाउदै यो सम्मानले नेपाली चलचित्र क्षेत्रको बिकासमा सानै भएपनि महत्वपुर्ण भुमिका खेल्ने बताए । संघले निकट भबिष्यमा नै चितवनमा रहेका क्रियाशिल रंग पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि कार्यशाला गोष्ठी गरिने समेत बताएका छन् । सम्मानित हुन लागेका चर्चित अभिनेता सरोज खनालले नेपाली चलचित्र ‘बिजय पराजय’ बाट आफनो करियर सुरु गरेका हुन् । अमेरिकाको लामो बसाईपछि नेपाल आएर अभिनेता खनाल पुनः चलचित्र क्षेत्रमा नै सक्रियरुपमा रहेका छन् ।

उनले प्रेम पिण्ड , सारंगी ,गोठालो ,नाई नभन्नु ल का सिरिज र हालै प्रर्दशनमा आएको सफल चलचित्र प्रेम गीतमा पनि सशक्त अभिनय गरेका छन् । यसैगरी सम्मानित हुन लागेका रंग पत्रकार खतिवडा बिगत एक दशकभन्दा बढी लामो समयदेखि रंग पत्रकारिता पेशामा आबद्ध छन् । करिब १४ बर्षको उमेरमा उदयुपरको गाईघाटबाट प्रकाशित स्थानिय पत्रिका ‘माझखर्क’ साप्ताहिकबाट बाल पत्रकारिता सुरु गरेका खतिवडा पुर्णपुष्टी साप्ताहिक, कान्तिपुरको कान्तिपुर साप्ताहिक हुँदै हाल कान्तिपुरदैनिकमा चितवन संवाददाताको रुपमा सक्रिय रहेका छन् ।