छानविन आयोगमा ३ सय ५२ बटा उजुरी दर्ता

चितवन, ०४ जेठ । स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्याक्तिहरुको छानविन आयोगले संञ्चालन गरेको निवेदन संकलन कार्यमा हाल सम्म ३ सय ५२ बटा उजुरी दर्ता भएका छन् । जस मध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि तीन सय ३५ र बेपत्ता छानविन आयोगका लागि १७ वटा उजुरी परेको स्थानीय शान्ति समिति चितवनले जनाएको छ ।satya-nirupan-taha-melmilap
माडीको बाँदरमुडेमा भने आयोग आफैले फारम वितरण गरेर आफैले संकलनको कार्य गरेको पिडितहरुले बताएका छन् । पछिल्लो पटक सरकार संञ्चालनका लागि नेकपा उमाले र एकिकृत नेकपा माओवादी बिच गरीएको ९ वुद्धे सहमतिले उजुरीलाई औपचारीकतामा मात्रै सिमित बनाउने प्रयास भउको भन्दै द्धन्द्ध पिडितहरुले आक्रोस समेत पोखेका छन् । राज्यले पिडकलाइृ कानुनि दायरामा ल्याउने र पिडितलाई उचित राहतको व्यवस्था गर्ने सुनिश्चित भएमा मात्रै आफुहरुले उजिरी वुझाउने पिडितहरुले बताएका छन् ।
स्थानीय शान्ति समिति चितवन वाट आयोगले वितरण गर्न पठाएको उजुरी फारम अझै दुई सय भन्दा वढी वितरण गरीएको कार्यालय सचिव लक्ष्मि गौतमले बताउनु भयो । गौतमका अनुसार आयोगले संञ्चालन गरेको उजुरी संकलनका लागि सुरुवाति समयमा खासै उजुरी नपरे पनि पछिल्लो समयमा उजुरी पर्ने क्रम वढिरहेको छ । चितवन सरकार वाट सुचिकृत द्धन्द्ध पिडितहरु ६ सय ८६ जना रहेका छन् । जस मध्ये मृतर्क ३ सय ३८, बेपत्ता ३८, अपाङ्ग १ सय ६८, अपहरण ९२, विस्थापीत ५० जना रहेका छन् । यो संख्या वढ्न सक्ने स्थानीय राजनैतिक दलहरुले बताएका छन् ।