बबरमहलबाट माओवादी एकताको घोषणा गरिने

 

काठमाडौं, ०४ जेठ । पार्टी विभाजन सँगै नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको निष्कर्ष सहित माओवादी घटकहरुको विचमा एकता गर्ने निर्णय गरेका माओवादी पार्टीको एकता घोषणा सभा यहि जेठ ६ गते हुने भएको छ ।

जेठ ६ गते २ :३० बजे बबरमहल स्थित कार्की पार्टी भेन्युबाट पार्टी एकताको घोषणा गरिने माओवादीले जनाएको छ ।

बिहीबार हुने एकता घोषणामा प्रचण्ड नेतृत्वको एनेकपा माओवादी , बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी , मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी ,विप्लव माअ‍ोवादीका केही असन्तुष्ट नेताहरु , हाल कतै पनि आवद्ध नरहेकी जयपुरी घर्ती एकता घोषणा प्रक्रियामा सहभागि हुने भएका छन् ।

यस अघि मातृका यादव नेतृत्वका नेकपा माओवादी पनि एकता प्रक्रियामा सहभागि हुने भनिएता पनि केही सैदान्तिक मुद्धाहरुमा असहमति रहेकाले अहिले एकतामा सहभागि हुने नसकिने भन्दै एकता घोषणा सभामा सहभागि हुन नसक्ने बताएका छन् ।