सुनचाँदीको समस्या राज्यले समाधान गर्नु पर्ने

चितवन, ०४ जेठ । सुनचाँदी व्यावसायमा देखिएको समस्या राज्यले समाधान गर्नु पर्ने रामपुरमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सुन व्यावसायमा देखिएको अस्थिरता र गुणस्तका विषयमा राज्यले ध्यान दिनु पर्ने उनीहरुको भनाई थियो । नेपाल सुनचाँदी व्यावसायी संघ रामपुर शाखाको प्रथम साधारणसभामा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
सरकारले सुनचाँदी व्यावसायीहरुको समस्या समाधानका लागि खासै पहल नगर्दा यस्ता समस्या आउने गरेको उनीहरुले बताएका थिए । नेपाल सुनचाँदी व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्रमान शाख्य प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वोल्ने बक्ताहरुले अव सरकारले यो व्यावसायलाइृ महत्वका साथ हेर्न जरुरी रहेको बताएका थिए ।
शाखाका अध्यक्ष हरि बरालीको अध्यक्षतामा सम्पनन सो कार्यक्रममा महासंघका सदस्य विपिन रामुदामु, संघका जिल्ला अध्यक्ष जीवनज्योति सदाशंकर, टाँडी शाखाका सदस्य प्रेम खाती, माडी शाखाका अध्यक्ष यमकुमार हवागुन लगाएतले अहिलेको आवश्यकता व्यावसायीक एकताको रहेको बताएका थिए ।