नवलपरासीमा प्रहरीले २ झापड हान्दा प्रहरी चौकी नै घेराऊ

 

नवलपरासी, ४ जेठ । नवलपरासीको ईलाका प्रहरी कार्यालय वेलाटारीमा प्रहरीले बिनाकारण नै २ युवालाई कुटपिट गरेको भन्दै स्थानीयले प्रहरी चौकी घेराऊ गरेका छन् । स्थानीयले कुनै कारण बिनानै प्रहरीले निर्घाट कुटपिट गर्न पाउँदैन भन्दै आज प्रहरी चौकी घेराऊ गरेको हुन् ।police-Nawalparasi

स्थानीयका अनुसार प्रहरीले जमुनिया ४ निवासी तेजमान चौधरी र समिर अन्सारीलाई विना कारण कुटपिट गरि नियन्त्रणमा लिएको आरोप लगाएका छन् । उनिहरुले कुटपिट गर्ने प्रहरीलाई बरखास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
के प्रहरीले बिना कारण नै हातपात गरेको हो त ? के भन्छ प्रहरी प्रसासन ?
प्रहरीले बिना कारण कुटपिट गरेको हो वा होइन भन्ने बुझ्ने क्रममा ईलाका प्रहरी कार्यालय वेलाटारीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले भने बिना कारण कसैलाई कुटपिट नरेको बताएका छन् ।

सेमरी स्थित आदर्श उच्च माविमा कक्षा ११ को परीक्षा चलिरहेको समयमा मोटरसाईकलमा पटक पटक ओहोर दोहोर गर्दै धुलो उडाएको र परीक्षामा वाधा पुर्याएकोले ति युवाहरुलाई सम्झाई बुझाई गर्न खोजिएको र उल्टै युवाहरुले प्रहरी हवल्दार विरेन्द्र कुमार चौधरीलाई अपशब्द प्रयोग गर्दै हातपात गर्न खोज्दा प्रहरी हवल्दरले आफ्नो बचाउका लागी एक दुई झापड हानेको बताएका छन् ।