जग्गा व्यवसायी आफनै लापरवाहीले लुटिए

सरस्वती कुमारी शर्मा
चितवन, ०२ जेठ । चितवनको नारायणगढमा लक्ष्मी बैंक भित्रैबाट जग्गा व्यवसायी २ लाख ९७ हजार रुपैयाँ नचिनेका ३ जनाको समूहले लुटेर लागेका छन् ।
जग्गा किनबेचका लागि एसवीआई बैकबाट निकालेर लिएर बैंकमा डिपोजिट गर्न ल्याएका सो रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवंरले जानकारी दिए ।
भरतपुर–७, कृष्णपुरका योगेन्द्रध्वज थापाले बैंकमा छिरेर घाटीमा के चिलायो भन्दै धारा तिर गए–प्रहरी प्रमुख कुवंरले भने । घटना हेर्दा निजले नै वेवास्ता गरि पैसाको झोला छोर गएपछि, ३ जनाको समुहले आएर लगेको सिसि क्यामराबाट देखियो ।
थापाले पैसाको पोको सुरक्षा गार्डलाई रेखदेख गर्न लगाएर नुहाउन आफनै लापरवाहीले घटना भएको प्रहरीले जनाएको छ । लुटेरालाई पहिचान भएकाले खोजी कार्य तिव्रपारिएको चितवन प्रहरील े जनाएको छ ।

.