जानकी जन्मोत्सव धुमधामका साथ मनाइदै

 

जनकपुर २ जेठ । जनक जननी जानकीको जन्मोत्सव धुमधामका साथ मनाइदै छ। जानकी जन्मोत्सवको अवसर पारेर आइतवार दिनभरि विविध कार्यक्रमहरुको आयोजना गरेर जनकपुरको महोत्सव मनाइदैछ ।

विगतमा औपचारिकतामा मात्रै सिमित हुने गरेको जानकी जन्मोत्सव यस वर्ष भने विशेष कार्यक्रमको आयोजना गरिएको छ। यस वर्ष वृहत्रर जनकपुर क्षेत्र विकास परिषदको आयोजनामा महोत्सव भव्य रुपमा मनाउन लागिएको छ।

महोत्सवको अवसर पारेर जनकपुरको जानकी मन्दिर सजाइएको छ भने दिउसो १२ बजे भव्य आरतीको आयोजना गरिने छ। आज श्रद्धालुहरुको दर्शनको लागि विहानै देखि जानकी मन्दिरमा भिड लागेको छ। जनकपुरको दुधमति लगायतको सरोवरहरुमा स्नान गर्नको लागि समेत श्रद्धालुहरुको घुइचो लागेको हो ।

जानकी मन्दिरमा विशेष आरती र प्रसाद वितरणको कार्यक्रम रहेको छ। जानकी मन्दिरमा अहिले विभिन्न भक्ति गायन र साझ दिपावली मनाउने कार्यक्रम रहेको छ। जनकपुरको महौल भक्तिमय बनेको छ।

.