“युवा काम पाईएन भन्दै खाडी जान्छन ,म बुढोले यहि बंगुर बेचर ७ लाख कमाउछु ”

दयाराम आचार्य
नवलपरासी,जेठ २  । आज भोलि धेरै युवाहरुलाई भोलिको योजना के छ भनेर सोध्यो भने जवाफ आउछ बिदेश जानेत होलानी । यहा भने जस्तो जागीर पाईदैन ,रोजगारको पनि अवशर छैन, बरु बिदेश लाग्यो त्यतै आनन्द ।
धेरै युवा युवतिहरुमा नया सोच र स्वदेशमै केहि गर्छु भन्ने हिम्मत र चाहाना मर्दै गएको कतिपय प्राज्ञिक ब्यक्तिहरुको बुझाई समेत रहेको छ
तर, कावासोती नगरपालिकामा ७ निवासी जगं बहादुर थापामा भने उमेरले ७३ बर्ष पार गरीसक्दा पनि युवा अवस्थाको जोस जागर जस्तै सँेचमा पनि कुनै कमि छैन ।
बि.सं. २००० सालमा नवलपरासीको नरममा जन्मिएर बि.स. २०२८ सालमा कावासोती झरेका थापा अहिले पनि आफुले बंगुर पालन बाट मनग्य आम्दानि गदै आईरहेका छन ।
५ बर्ष अघि देखि बंगुर पालन गर्दै आएका थापाले बार्षिक रुपमा १ सय ५० को हाराहारीमा बंगुर का बच्चा बेच्ने गरेको उनले बताए ।
पहिले पहिले २५ सयको दरले बच्चा बेच्दै आए पनि अहिले भने आफुले ३५ सय देखि ४ हजार को दरले बेच्दै आएको उनले बताए । बिशेष गरेर आफुले बच्चानै बेच्ने गरेको भएपनि कहिले काहि मासुको प्रयोजनको लागि पनि बंगुर बेच्दै आएको बताए ।
बार्षिक रुपमा झण्डै ७ लाखको हाराहारीमा बंगुर बेच्ने गरेको उनले बताए । बगुंर पालनमा खासै खर्च भने नहुने उनले बताए । “खर्च खासै धेरै हुदैन ,खर्च कटाएर पनि राम्रो आम्दानि हुन्छ ” उनले भने । आफुले हुर्काएका बच्चा लिन घरमानै बिभिन्न ब्यक्ति साथै आयआर्जन बृद्धिमा काम गर्ने बिभिन्न संस्थाहरुपनि बच्चा बितरणको लागि किन्न आउने गरेको उनले बताए ।
“युवा काम पाईएन भन्दै ३० ÷४० हजार कमाउन लाखौ लगानि गरी खाडी धाउछन म बुढो यहि बसेर त्यो भन्दा बढि कमाउछु ” ठ्ट्याउलो पारामा उनले भने ।
आफुले बंगुर पालन शुरु गर्न बंगुर लिन चितवनको रामपुर पटक पटक जादा पनि भनेको बेलामा नपाए पछि गाउ घरबाट २२ वटा लोकल बंगुर ल्याएर बंगुर पालन ब्यवसाय शुरु गरेको उनले बताए । आफुलाई बंगुर पालनको लागि श्रिमतिको सहयोग रहेको र आर्थिक ब्यवस्थापनको लागि भने गैडाकोटमा रहेका आफ्ना छोरा पे्रम थापाले सहयोग पुर्याउदै आएको उनले बताए ।
सामान्य लेख पढ मात्र गर्न मात्र जानेका थापाले आफु नरम बाट बसाई सराई गरेर आउदा देखिनै बंगुर पालन गर्छु भन्ने सच बनाएको भए पनि पाच बर्ष अघि मात्र यसको सुरुवात गरेको र आफु सफल बनेको बताए ।
पुरानो कुरा सुनाउदै उनले भने के गर्ने के गर्ने केहि गर्न पर्यो भनेर कागतिको चुक बनाई बेच्न भनी चितवनको माडि सम्म पुगे तर माडिमै प्रसस्त चुक पाईने रैछ रित्तै फर्कनु पर्यो ।
यस्तै उनले बाख्रा पालन देखि मेवा खेतिको सम्म प्रयास गरे पनि सार्थकता पाउन नसकेको र अन्त्यमा बगुर पालन तर्फ लागेको बताए ।
अहिले उनको कावासोती मा दुइ वटा फर्म रहेका छन दुई वटा फर्ममा गरी १४ वटा माउ बंगुर रहेको र एउटा बगुर सन्तुलित आहार मिलेमा ६ महिना १ क्वीन्टल सम्म हुने र बर्षमा ३ पटक सम्म व्याउने र ६ देखि १५ वटा सम्म बच्चा पाउने गरेको थापाले बताए । बजारको लागी पहिला पहिला दिनहरुमा असहज रहेपनि अहिले ब्यक्तिगत ,ब्यवसाईक र सस्थाहरुले पनि गोठमै बंगुरको बच्चा लिन आउने गरेको उनले बताए ।
बंगुर पालन ब्यवसाय निकै सजिलो र कम मेहनतले पनि प्रशस्त आम्दानि हुने पेशा भएको उनले बताए ।
“ म ७३ बर्षको भए अझै मज्जाले सबै काम आफै गर्दै आएको छु , आम्दानि पनि प्रसस्त गर्दै आएको छु , आज भोलिका युवा खाडिमा पसिना बगाउन जान्छन , किन जानु पर्यो यहित छ प्रसस्त सम्भावना ,हिम्मत, आफ्नो काममा लगनशिलता र सोच दृढ हुनु पर्यो यहि भुमिमा सुन फल्छ ” थापाले भने ।