कावासोतीमा दुर्घटनामा परि एक व्यवसायीको मृत्यु

नवलपरासी जेष्ठ १ । नवलपरासीको कावासोती ८ खरकट्टा जंगलमा ट्रक र मोटरसाईकल ठक्कर खांदा एक जनाको मृत्यु भएको छ । शुक्रबार सांझ बिपरित दिशा तर्फ गईरहेको ना ६ ख २९१७ नम्बरको ट्रक र ना २२ प ५२३३ नम्बरको मोटरसाईकल ठक्कर खाएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।दुर्घटनामा पनि घाईते भएका २ जना मध्ये कावासोतीमा पूर्णिमा ईलेक्ट्रिक पसल संचालन गर्दै आएका ४० बर्षिय कृष्ण न्यौपानेको मृत्यु भएको हो । उनको उपचारको लागि भरतपुर लैजार्दै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्णिमा ईलेक्टोनिक्स बिपि चोकमा रहेको छ । यस्तै दुर्घटना घाईते भएका प्रकाश भट्राईको भरतपुरमा उपचार भईरहेको छ । उता
नवलपरासीको दाउन्ने घिउ खोला नजिकै ४ सबारी साधान ठोकिदा २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ आईरहेको आरजे १४ जिबि ४१४३ नम्बरको ग्यास बुलेट र पुर्वबाट पश्चिम तर्फ गुडिरहेको ना ६ ख ५४९ नम्बरको ट्रक ठक्कर खांदा बस र कार समेत ठोकिएको थिए । प्रहरी कार्यालय दुम्कीबासले दिएको जानकारी अनुसार ग्यास बुलेट र ट्रक बे्रकफेल भएर ठोक्दिा आरजे २७ पिसि ०४२१ नम्बरको भारतीय तिर्थयात्री बोकेको बस र गुडिरेहको बा ७ प ५३९६ नम्बरको कार समेत ठक्कर खाएका थिए ।दुर्घटनामा ग्यास बुलेटका चालक र बसका चालक समान्य घाईते भएका छन् । प्रहरीले ठूलो दुर्घटना सम्भावना टरेको बताएको छ । ग्यास बुलेट पुश्चिमबाट पुर्व आउर्दै गरेको थियो भने अन्य सबारी साधन पुर्वबाट पश्चिम तर्फ गईरहेका थिए । दाउन्ने क्षेत्रमा अधिकांस ग्यास बोकेका भारतीय गाडी र ट्रक दुर्घटनामा पर्ने गरेका छन् । भिरालो सडक र धेरै धुम्तीहरुका कारण पनि बढी दुर्घटना हुने गरेको छ । त्यहां दैनिक सामान्य दुर्घटना हुने गर्छन ।