सौराहामा पर्यटन व्यवसायीलाई लक्षित निशुल्क मुटु रोग परिक्षण

चितवन, ३१ बैशाख । पर्यटकीय नगरी सौराहाका र स्थानियलाई लक्षित निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न गरिएको छ ।13199099_1094366270605177_1886322457_o 11 13223541_1094366520605152_1056215030_o 13233307_1094333820608422_1767925841_n 13199558_1094336183941519_435517585_o
कलेज अफ मेडिकल साईन्सेस् (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत सौराहामा निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न गरिएको अस्पतालका आवासीय निर्देशक डा.भी नटराज प्रसादले जानकारी दिए । हामीले गरिब जनतालाई लक्षित गरि धेरै शिविर ग¥यौं–उनले भने । गरिब भन्दा सुविधा भोगी मानिसहरुमा धेरै मुटुको समस्या देखिएपछि सुविधा सम्पन्न ठाउमा समेत शिविर गर्न थालेका छौैं ।
सौराहा हेल्थ परिसरमा आयोजित शिविरमा १ सय २ जनाको अस्पतालका बरिष्ठ मुटु रोग शल्य चिकित्सक डा. कौशल तिवारी र बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीले मुटु परिक्षण गरेका थिए । भने शिविरमा २२ जनाको मुटु समस्या देखिएको ५० प्रतिशत छुट सहित उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याईएको बरिष्ठ मुटु रोग शल्य चिकित्सक डा. कौशल तिवारीले जानकारी गराए ।
सो अवसरमा उच्च रक्तचाप, मधुमेह, मुटुको भाल्भ रोग तथा मुटुको फेलर समस्या बढी मात्रामा पाईएको शिविरमा सहभागी डा. शंकर लौडारीले जानकारी दिए । शिविरको एक समारोहका विच क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष विष्टले सुविधा सम्पन्न मानिसहरुलाई समेत लक्षित गरि पुरानो मेडिकल कलेजले गरेको शिविर उपयोगी भएको बताए ।
अस्पतालका बरिष्ठ मुटुरोग डा. कौशल तिवारीको अध्यक्षतामा सम्पन्न शिविरमा रेवान सौराहाका अध्यक्ष लालबहादुर भटट्, मृगकुञ्ज उपभोक्त समितिका उपाध्यक्ष लोकराज भुषाल लगायतले बोलेका थिए ।