पटक _पटक लाईन काटिने समस्याले चितवनका उद्योगी हैरानीमा

प्रकाश सिग्देल
चितवन बैशाख ३१ ।  चितवनका उद्योगी ब्यवसायीले बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रलाई १५ लाख रुपैयाको चेक बुझाएका छन् । २ नम्वरको औधोगिक फिडरमा तिब्र लोडका कारण पटक पटक लाइन काटीने समस्या भोग्दै आएका ब्यवसायीहरुले बिद्युत मर्मत गर्न भन्दै प्राधिकरणलाई उद्योग बाडिज्य संघको रोहवरमा १५ लाख रुपैयाको चेक बुझाएका हुन् । चितवनको अ‍ैघोगिक फिडर १ र २ मा बिधुतको बितरण र खपतको सन्तुलन नहुदा उद्योग सञ्चालनमा समस्या भएकाले दुवै फिडरको लोड ब्यालेन्स गर्न बिद्युत प्राधकिरणलाई १५ लाख रुपैया हस्तान्तरण गरेको औधोगिक फिडर आन्तरीक ब्यवस्थापन समितिका अध्यक्ष अरुण पियाले बताउनु भयो । आज एक कार्यक्रमका बिच उद्योग बाडिज्य संघका अध्यक्ष राजन गौतमले बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका ईन्जिनिर्यस ईश्वर श्रेष्ठलाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।3333333333333
औधोगिक फिडर २ मा क्षेमता भन्दा निकै कम बिद्युत सप्लाई हुने र फिडर १ मा बिद्युतको खपत निकै कम भएकाले १ र २ को फिडर एक ठाउमा जोडी बिद्युत खपत सन्तुलनमा ल्याई ब्यावसायीको समस्या समाधान गर्न आफुहरुले ब्यवसायीको सहयोगमा काम सुरु गर्ने गरि सम्झैता गरेको ईन्जिनिर्यस श्रेष्ठले बताउनु भयो । कार्यालयका अनुसार फिडर १ बाट २ सम्मको दुरी करिव ४.५ किमी रहेकाले त्यो दुरीमा तार तान्न ४७ लाख लाग्ने र त्यो मध्यको केहि रकम ब्यवसायीबाट उपल्ब्ध भएको हो । फिडर एक र दुई जोडन करिव ४ महिना समय लाग्ने छ । आगामी २० औ वर्ष सम्म पनि समस्या नहुने गरी ०.१ स्कवायर ईन्चको तार प्रयोग गरी लाईन बिस्तार गरिने ईन्जीनियर्स श्रेष्ठले बताए ।

३५० एम्पियर क्षेमता रहेका दुवै फिडर मध्य फिडर १ मा १ सय एम्पियरमात्रै बिद्युत खपत हुदै आएको छ भने २ मा ३५० एम्पियर भन्दा बढि बिद्युत आवस्यक्ता पर्ने गरेको बिद्युत प्राधिकरणले जनाएको छ । फिडर २ मा बढी लोड भएपछी उद्योग सञ्चालनमा कठिनाई भई बन्द गर्नु पर्ने अवस्था सृजना भएको भन्दै ब्यवसायीले आफनै अग्रसरतामा बिद्युतको सन्तुलन मिलाउन सक्रिय भएका हुन् ।
फिडर एक मा कोकाकोला र बियर लगायतका केहि उद्योग छन् भने फिडर २ मा साना ठुला गरि एक सय उद्योग रहेको प्लास्टिक ब्यवसायी संघ चितवनका अध्यक्ष डिल्लि राम सापकोटाले बताउनु भयो । बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रको लापरबाहिका कारण बिद्युत सञ्चालनमा समस्या सृजना हुदा आफुहरु ठुलो समस्यामा परेको उनि बताउछन् । भरतपुरको सव स्टेसन देखी पोखरा बसपार्क हुदै मंगलपुर,फुलवारी सम्मका रहेका एक सय पाँच ठुला उद्योगले बिद्युत काटिने समस्या झेल्दै आएका छन् ।
आधोगिक फिडरमा प्रयोग भएको तारको साईज सानो भएर तिब्र लोडका कारण तार चुड्ने र भोल्टेज घटवड हुने समस्या बडेपछि समस्या समाधानको माग गर्दै आफुहरु पटक पटक बिद्युत प्राधिकरणमा धर्नाका लागी गएको उद्योगी मुरारी प्रसाद ओलीले बताए । उद्योगको संख्या बढेसँगै बिद्युत खपत बढदै जाने तर बिद्युतको क्षमता नबढेका कारण उद्योग सञ्चालनमा दिनानु दिन समस्या भएको उनले दुखेसो गरे । औधोगिक फिडर बाट बिहान ६ देखी साझ ६ बजे सम्म दैनिक १२ घण्टा निरन्तर बिद्युत दिनु पर्ने भएपनि प्राधिकरणको कमजोरीका कारण दैनिक ८ घण्टा पनि नियमित बिद्युत सञ्चालन हुन नसकेको भन्दै चाडो भन्दा चाडो काम गरि समस्या समाधान गर्न उनले आग्रह गरे । अहिले दैनिक आठ घण्टा विद्युत आउदा २६ पटक सम्म लाइन आउने जाने गरेकोले ठुला उद्योगमा पटक पटक लाइन काटीदा धरै क्षती हुदै गएको उद्योगी केदार श्रेष्ठले बताउनु भयो ।
फिडरमा समस्या हुदा बेलैमा वनाउन नआउने , फोन गर्दा फोन नउठाउने, मोवाईलमा गर्दा कर्मचारी फिल्डमा छन् भन्ने जस्ता गैर जिम्मेवार जवाफ दिएर आफुहरुलाई तनाव सृजना गर्ने गरेको ब्यवसायी दण्डपाडी भटटले बताए । सोहि अवसरमा बोल्दै उद्योग बाडिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले निधारीत समयमा काम नभए ब्यवसायीहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने भन्दै समस्या समाधानमा गंभिरताका साथ लाग्न आग्रह गर्नु भयो ।