मुठ्ठी दानबाट संस्कृत शिक्षा

 प्रकाश सिग्देल

चितवन ३१ बैशाख । पुर्वी चितवनको जयमंगला स्थीत राम मन्दिरमा श्री राम बैदिक संस्कृत गुरुकुरम सञ्चालनमा आएको छ । राष्ट्रियता, मानवता र विश्ववन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवद्र्धन एवं संस्कृतशिक्षाको आवश्यकतालाई हृदयंगम गर्दै संस्कृत वाङ्मय अन्तर्गत ज्ञानविज्ञानहरुको प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ संस्कृत गुरुकुरम सञ्चालन गरेको केन्द्रका संस्थापक कृष्ण प्रसाद दवाडीले बताउनु भयो ।SASKORATA

अग्रेजी र गणित सहित संस्कृत शिक्षा दिने उदेश्य अनुरुप कक्षा ६ देखी १० सम्म पठन पाठन गराउने गरी गुरुकुलमको स्थापना गरिएको हो । नेपाल सरकार मात्र मान्यता प्राप्त गुरुकुलममा चितवन गोरखा धादीङ रुकुम रोल्पा देखी बिभिन्न जिल्लाका ६० जना बटुकहरुले निसुल्क आवासिय सेवा सहितको शिक्षा लिनेगरेको गुरुकुलमका अध्यक्ष भेषराज दवाडीले बताउनु भयो । गुरुकुलमका लागी सरकारले बार्षीक ६लाख सहयोग गर्ने गरेको बताईएको छ । मानिसमा नैतिक्ताको खडेरी भईरहेका बेला नौतिक्वान नागरिकको बिकास गरी बैदिक सनातन हिन्दु धर्मको रक्षाका लागी अन्तराष्टिय स्तर सम्म प्रचार प्रसार गर्न अग्रेजी पढाई हुनेगरी गुरुकुलम स्थापना गरिएको उहाको भनाई छ । स्यानिय ६ सय बढि घरबाट संकलन हुने मुठीदानबाट संस्था सञ्चालनमा आएको दवाडीले बताउनु भयो ।

हरेक घरले बिहान बेलुका खाना पकाउने बेलामा आफनो भागको एक मुठी चामल गुरुकुलमका लागी छुट्याएर राख्ने र त्यही चामल हप्तामा एक दिन बटुकहरु ले हरेक घरमा पुगी स्वस्ति बाचन गरि भिक्षा सरह संकलन गरि ल्याउने गरेको उहाले जानकारी दिनुभयो ।

साथै केहि ब्याक्तिहरुले आफनो जन्मोत्सव तथा बिबाह उत्सव समेत गुरुकुलमा आएर मनाउने गरेको दवाडीले बताउनुभयो । गुरुकुलमले आफना उदेश्य अनुरुप काम गर्नका लागी आर्थीक अभाव सृजना भएकाले दाताहरुको खोजी गरि गुरुकुलमको बिकासका लागी सबैको सहयोग आवस्यक रहेको गुरुकुलमका संस्थापक दवाडीले बताउनु भयो ।

गुरुकुलमको मुख्य उदेश्य मानवता विश्वशान्ति र विश्वबन्धुताको मूल आधार सनातन आर्य संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने , प्राचीनतम संस्कृत भाषाको संरक्षण तथा संबर्द्धन गर्ने र त्यस अन्तर्गतका अनुसन्धानयोग्य महत्त्वपूर्ण ज्ञानसम्पदाको खोजी गरी प्रकाशनमा ल्याउने ।

संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्,ा कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने ।संस्कृत वाङ्मयभित्रका विचारप्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र आदि व्यावहारिक विषयको समेत थप शिक्षा दिलाउने रहेको उहाले जानकारी दिनु भयो ।

यसैबिच शसस्त्र प्रहरी उपरिक्षक सम्भु उप्रेतीले गुरुकुलममा रहेका बटुकहरुका लागी ५० थान झोला र स्टेश्नरी सामाग्री सहित अन्य सहयोग गर्नु भएको छ । गुरुकुलमको बिकासका लागी आफुले दाताहरुको खोजी गरि सहयोग गर्ने समेत उहाको भनाई छ ।