वातावरणमैत्री रत्ननगर अस्तव्यस्त

चितवन, ३१ बैशाख । रत्ननगर नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सुरू भएको झण्डै दुई वर्ष हुन लाग्यो । नगरलाई हरियाली र सुन्दर बनाउन रत्ननगरमा करोडौंको सरकारी परियोजना लागू भएको छ ।
परियोजनाअन्र्तगत वातावरणमैत्री कामहरु भएका छन् । तर, टाँडी बजार क्षेत्रमा दैनिक उड्ने धुलो, पूर्वाधार अभाव र सवारी साधनको अव्यवस्थित पार्किङका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको छ ।
बजार क्षेत्र अस्तव्यस्त बनेका कारण वातावरणमैत्री बन्दै गएको रत्ननगरको सुन्दरता हराएको छ । बजार क्षेत्रमा बसोबास गर्नेहरु राजमार्गमा उडेको धुलो र ग्रामीण क्षेत्रमा बसोबास गर्ने नगरवासीहरु विकासका पूर्वाधार निर्माण नभएकाले हैरानीमा छन् । किनमेलका लागि ग्रामीण क्षेत्रबाट आउनेहरु एक घण्टा अडिन पनि मुश्किल छ । सहर उन्मुख गाउँहरुमा निर्माण गरिएका कालोपत्रे सडक भत्किएर जीर्ण बनेका छन् ।
सडक एकातर्फ मर्मत गर्दै जाने र अर्कोतर्फ भत्कदै जाने भएकाले समस्या भएको नगरपालिकाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत रत्ननगरको टाँडी बजार क्षेत्रमा दैनिक उड्ने धुलोले नगरवासीले सास्ती खेप्दै आएका छन् । सडक बिग्रिएको तीन वर्ष बितिसक्दा पनि सडक डिभिजन कार्यालय भरतपुरलेमर्मत नगरेका कारण दैनिक उडेको धूलोका कारण यहाँको दैनिक जीवन कष्टपूर्ण बनेको स्थानीय राजु मालाकारले बताए । बजारमा अडिन नसक्ने अवस्था छ उनले भने धूलोका कारण मान्छे रोग लागेर मर्ने भए ।
रत्ननगरको निपनीदेखि लौरीघोलसम्म २ किलोमिटर चारलेन बनाउन सुरू गरिएको छ । चारलेन सडकअन्र्तगत अहिले ढल निर्माणको काम भइरहेको छ ।
सडकमा ठूला ठूला खाडल छन् । निर्माण सामग्री सडक च्यापेर राखिएको छ । निर्माण कम्पनीले सडक सहज बनाउन माटो हालेर खाडल पुर्दै आएको छ । खाडल पुर्न हालिएको माटो नगरबासीको लागि अविषाप सावित भएको छ । दैनिक दुई लाख सवारी साधन आवतजावत गर्ने सो सडकमा धूलो उडेर दिउँसै अध्यारो हुने गरेको मालाकारले बताए ।
सडकमा उडेको धूलोले बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । टाँडी बजारको व्यवसायमा ७० प्रतिशत कमी आएको छ । रत्ननगर बजार क्षेत्र अस्तव्यस्त बन्यो रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले भने यस्तो अवस्थाको अन्त्य छिट्टै हुनुपर्छ ।
निर्माण कम्पनीले कछुवाको गतिमा काम गरिरहेकोले लामो समयसम्म नगरबासीले धुलो खानुपर्ने अवस्था आएको उनले बताए । सडकमा माटो हालेका कारण बिहान बेलुका पानी हाल्दा पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
श्रेष्ठ कन्सट्रक्सन प्रालि हैटोडाले १९ करोड रूपैयाँको ठेक्का सम्झौतामा चारलेन सडक निर्माणको काम गरिरहेको छ । राष्ट्रिय योजनाअन्र्तगत १५ महिनामा काम सक्ने गरी निर्माण कम्पनीले निर्माण कार्य सुरू गरेको हो । राजमार्गमा उडेको धूलोले मात्र होइन मुख्य बजार क्षेत्रमा गरिएको अव्यवस्थित पार्किङले पनि नगरको सुन्दरता हराएको छ ।
वातावरणमैत्री बन्दै गएको रत्ननगरको दुरा अवस्थाले नगरवासी आजित छन । वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्र्तगत वातावरण सुधारका थुप्र्रै कामहरु भएका छन् । सौराहा जाने सडकमा वृक्षरोपण गरिएको छ । फोहोर व्यवस्थापनको लागि कम्पोष्ट बिन वितरण गरिएको छ । दुई ठाउँमा पार्क निर्माण गरिएको छ । गोबरग्यास प्लाण्ट निर्माणको लागि अनुदान दिइएको छ ।
सरसफाइको लागि गृहणी महिलाहरुलाई तालिम दिइएको छ । तर बजार क्षेत्रमा दैनिक उड्ने धूलो, अव्यवस्थित पार्किङ, भित्र सडकको र्दुदशाका कारण नगरको सुन्दरता हराएको छ । चितवनको दोस्रो ठूलो नगरपालिका रत्ननगरमा एउटा पनि बसपार्क बन्न सकेको छैन । राजमार्गमा निर्माण गरिएको बस विसौनी स्थल समेत अस्तव्यस्त छ । त्यसको सही प्रयोग हुन सकेको छैन । नगरलाई वातावरणमैत्री बनाउन सरकारले करोडौं रुपैयाँ खर्च गरिरहेको छ ।
रत्ननगरको अहिलेको अवस्थालाई मूल्याङकन गर्दा सरकारले नगरलाई वातावरणमैत्री बनाउन करोडौं खर्च गर्ने र विकासका पूर्वाधार जीर्ण बनेर वातावरण बिग्रिदै जाने हो भने खर्च गरिएको रकम त्यसै खेर जाने नगरका अगुवाहरुको भनाइ छ । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले चारलेन सडक निर्माणको कामले उत्पन्न समस्या सामधान गर्न नगपालिका गम्भीररूपले लागिरहेको बताए ।
वातावरणमैत्री नगरलाई दैनिक उड्ने धुलोले प्रतिकुल असर गरिरहेको भन्दै उनले चारलेन सडक निर्माणको काम भइरहेकोले पीडा सहनुको विकल्प नरहेको बताए ।