पुरानो मेडिकल कलेजको निशुल्क बाल मुटु रोग परिक्षण शिविर

चितवन, ३० बैशाख । प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि चितवनमा निशुल्क बाल मुटु रोग परिक्षण शिविर सम्पन्न गरिएको छ ।
कलेज ओफ मेडिकल साइन्सेजका (पुरानो मेडिकल कलेज) कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत निशुल्क बाल मुटु रोग परिक्षण शिविर सम्पन्न गरिएको कलेजका आवासीय निर्देशक डा.भी नटराजप्रसादले जानकारी दिए । 5
सामाजिक अभियान अन्र्तगत भरतपुर–१० स्तिथ बकेना बाल बाटिका स्कुलका नर्सरी देखि ४ कक्षा सम्मका ४ सय बालबालिकाहरुको निशुल्क बाल मुटु परिक्षणबाट लाभान्वीत भएको उनले बताए । 2
कलेजका बरिष्ठ मुटुरोग शल्य चिकित्सक डा. कौशल तिवारी र बरिष्ठ मुटु रोग बिषेशज्ञ डा. शंकर लौडारीले परिक्षण गरेको शिविरमा ३ जना बालबालिकाहरुमा मुटुको समस्या देखिएको थप उपचार पुरानो मेडिकल कलेजमा ल्याईएको छ । 1
प्रथामिक तहमा पढ्ने वालबालिकाहरुमा यस उमेरमा जन्मजात मुटुको रोग तथा मुटुको बाथको रोग हुन सक्ने सम्भावना भएकोले समयमै मुटुको परिक्षण गरियो भने यो रोगहरु सघनहुनबाट जोगिन सकिने डा. कौशल तिवारीले बताए ।

 

Promise Education Consultancy