अवैध निकासी गर्दैगर्दा ट्याक्टर नियन्त्रणमा

दयाराम आचार्य
नवलपरासी, ३० बैशाख । चुरे क्षेत्र अन्तरगत पर्ने नवलपरासीका खोलाबाट निकासिमा रोक लगाईएपनी दिनहुजसो अवैद्य रुपमा निकासि भैरहेको छ ।
नवलपरासीको दुम्किीबास स्थित विनयी खोलाबाट प्रहरीले आज पनि ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार लु २ त ९०६४, लु २ त ९९ ३५, लु २ त ४६ ५८, लु २ त, २३ २०, र एउटा अनटेस्ट गरि ५ वटा ट्याक्टर खोलाबाट अवैद्य रुपमा गिट्टी वालुवा निकासी गर्दै गर्दा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका ट्याक्टरलाई ईलाका प्रहरी कार्यलय नवलपुरमा राखिएको र जिविसले तोकेको ७ हजार जरिवाना तिराएर छाडिने प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि मात्रै कावासोती स्थित केरुङ्गगे खोलाबाट अवैद्य रुपमा गिट्टि वालुवा निकासि गर्दै गरेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।
जिल्लाका विनयी, खजुरे, झरही, बौलाहा लगायतका खोलाबाट अवैद्य निकासी हुने गरेका छन । स्थानीयले प्रहरी प्रशाशनकै मिलेमतोमा खोलाबाट अवैद्य निकासि हुने गरेको आरोप लगाउदै आएका छन् ।