नविनमा फेसिनो किन्दा तामाङ्गलाई ७३ हजारको लक्की ड्र

चितवन, ३० बैशाख । चितवनको भरतपुर ओरालोस्थित नविन अटो सेन्टरबाट नयां बर्षको अवसर परेर फेसिनो स्कृटर खरिद गरेकी पार्वती माया तामाङ्गलाई ७३ हजारको लक्की ड्र पाएकी छन् ।
यामाहा मोटरसाइकलले शुभारम्भ नयाँ वर्ष योजना अन्र्तगत गरेको लक्की ड्रमा तामाङ्ग भाग्यशाली बनेकी हुन् ।
लक्की ड्रमार्फत् परेको रकम एक कार्यक्रम बीच उनलाई नविन अटो सेन्टरकी सञ्चालक सुनिता कर्मचार्य र प्रबन्धक राजु स्वर्णकारले सयुक्र रुपमा हस्तान्तरण गरेका थिए ।
नया वर्षको अवसरमा नेपालभर यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने मध्येबाट हरेक हप्ता एक जनालाई नगद ७३ हजार प्रदान गर्ने योजना कम्पनीको रहेको सेन्टरका सञ्चालक कपिलसागर कर्मचार्यले बताए ।