सुविधा सम्पन्न सामसुङ प्लाजा सञ्चालनमा

चितवन, २९ वैशाख । चितवनको सहिदचोकमा सञ्चालनमा रहेको सामसुङ प्लाजा व्यवस्थित र आकर्षक रुपमा सञ्चालनमा ल्याइएको छ । बुधबारदेखि थप सुविधा र सेवा सहित उक्त प्लाजालाई सञ्चालनमा ल्याइएको हो ।

सामसुङ डिजिटल प्लाजाबाट अबका दिनमा कम्पनीले उत्पादन गरेका सबैखाले उत्कृष्ट सामानहरु उपलब्ध गराइने बताइएको छ । प्लाजाबाट रेफ्रिजेरेज, एलइडी टेलिभिजन, वासिङ मेसिन, मोबाइल, माइक्रो वेभ ओभनजस्ता गुणस्तरीय सामानहरु उपलब्ध हुने बुधबारको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्वसुलभ तरिकाले कम्पनीका उत्पादाहरु उपलब्ध गराउने उद्देश्यले सामसुङ डिजिटल प्लाजा सञ्चालनमा ल्याइएको हिम इलेक्ट्रोनिक्सका अध्यक्ष सिमा गोल्छाले बताइन् ।

काठमाण्डौ उपत्यका भित्र ८ वटा र बाहिर गरी हालम्म १२ वटा सामसुङ प्लाजा सञ्चालनमा आइसकेकोे गोल्छाले जानकारी दिइन् । सामसुङका उत्पादनहरु किस्ताबाट उपलब्ध गराउने समेत योजना रहेको हिम इलेक्ट्रोनिक्सका जनेरल म्यानेजर प्र्रभाकर थापाले बताए ।