एमाओवादीद्वारा बिभाजित पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय

चितवन, २९ बैशाख । एकीकृत नेकपा माओवादीले बिभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

‘यसअघि बिभिन्न माओवादी पार्टीहरुलाई एकतामा ल्याउने र पुनर्गठित गर्ने योजनाअनुसार एकीकरण गर्ने औपचारिक निर्णय भएको स्थायी समिति सदस्य जनार्दन शर्माले बताए ।

उंहाले आजको स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न आउँदो जेठ १ गते एमाओवादीको केन्द्रीय समिति बैठक पनि बोलाइएको जानकारी दिए ।