स्व.पौडेलको जन्मजन्यतीमा गाई चापट तथा दाना वितरण

 

चितवन, २९ बैशाख । नेपाल तरुणदलका तत्कालीन जिल्ला अध्यक्ष स्वर्गिय शिव पौडेलको ३९ औं जन्म जयन्तिको अवसरमा आज वागेश्वरी आश्रममा रहेका स्थानीय गाईहरुलाई चापट तथा दाना वितरण गरीएको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखि क्याम्पसको आयोजनामा आयोजित सो कार्यक्रममा सो स्थानमा रहेका दुई सय स्थानीय गाईलाई आज र भोलिका लागि पुग्ने दाना समेत उपलव्ध गराईएको छ ।
कार्यक्रममा स्व. पौडेलकी धर्म पत्नी विनु रायमाझि पौडेल प्रमुख अतिथि रहेकी थिईन् । सो अवसरमा वोल्दै उनले नेपालीहरुको आस्था र राष्ट्रिय जनावर गाईको सेवा गर्नपाउनुले आफुलाई शान्ति मिलेको बताउनु भयो । सो अवसरमा वोल्दै नेविसंघ विरेन्द्र क्याम्पसका ईकाई सभापति बचन कार्किले स्व. पौडेलले देखाएको बाटोमा लागेर काँग्रेसलाई बलियो बनाउन समेत आग्रह गरे ।