माडीमा जेठको अन्तिम साता बिद्युत् प्रवाहको लागी भरतपुर वितरण केन्द्रको जिम्मा लगाइने

 

किरण पौडेल ,
चितवन, २९ बैशाख । चितवनको माडीमा बिद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । माडीमा बिद्युतीकरणको काम अन्तिम चरणमा पुगेको भरतपुर माडी ३३ केभि प्रशारण लाईन तथा ग्रामिण बिद्युतीकरण आयोजनाका इन्जिनियर विश्वरञ्जन मिश्रले बताउनुभयो ।

माडीको बसन्तपुरमा रहेको शव स्टेशन सम्म बिद्युत् प्रवाह भएको भरतपुर माडी ३३ केभि प्रशारण लाईन तथा ग्रामिण बिद्युतीकरण आयोजनाले जनाएको छ । अहिले शवस्टेशन चार्ज गर्ने काम भईरहेको आयोजनाका इन्जिनियर मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार दश दिन सम्ममा शवस्टेसन चार्ज गर्ने काम हुनेछ ।

अन्य प्राविधिक समस्या नआएको खण्डमा आगामी जेठको अन्तिममा स्थानिय उपभोक्ताको घर घरमा बिद्युत् प्रवाहका लागी नेपाल बिद्युत प्राधिकरण भरतपुर शाखलाई जिम्मा लगाईने इन्जिनियर मिश्रले जानकारी दिनुभयो । बिद्युत् प्राधिकरण भरतपुर शाखाले उपभोक्ताहरुको घर घरमा बिद्युत् प्रवाहको काम गर्नेछ ।

जेठ महिनाको अन्तिम सम्ममा बसन्तपुरस्थित शवस्टेशन चार्ज गर्ने, अन्य मेसिनरी उपकरणहरुको परिक्षण गर्ने र उपभोक्ताको घर अगाडीको पोल सम्म बिद्युत पु¥याउने काम हुने आयोजनाले जानकारी दिएको छ । त्यसबिचमा अन्य प्राविधिक समस्या उत्पन्न भए त्यसको पनि निराकरण गरिने इन्जिनियर मिश्रले बताउनुभयो ।

बिगत पाँच वर्ष देखीनै चितवनको माडीमा बिद्युतीकरणको काम भईरहेको भएपनि विभिन्न समस्याका कारण ढिलाई हुन पुगेको आयोजनाले बताएको छ । माडीमा बिद्युतीकरणको लागी नेपालमानै सबैभन्दा धेरै ८ किलोमिटर सम्मको दुरीमा भुमिगत रुपमा बिद्युतीय तार बिछ्याइएको छ । विश्व सम्पदा सुचीमा सुचिकृत भएको चितवन राष्ट्रिय निकुञ्ज हुदै बिद्युत प्रवाह गर्नु पर्ने जस्ता कारणले पनि बिद्युत् प्रवाहमा ढिलाई भएको आयोजनाले बताएको छ ।

चनौली, जगतपुर चितवन राष्ट्रिय निकुञ्जको भुमीगत मार्ग हुँदै ३३ हजार भोल्ट क्षमताको बिद्युत माडी पु¥याइएको इन्जिनियर मिश्रले बताउनुभयो । माडीका उपभोक्ताहरुले भरतपुर माडी ३३ केभी प्रशारण लाईन तथा ग्रामिण बिद्युतीकरण आयोजनाको २ सय २० भोल्ट बिद्युत् उपभोग गर्न पाउने उहाँले जानकारी दिनुभयो ।