घाँसखेतीमा अनुदान वितरण

चितवन, २९ बैशाख । जिल्ला पशु सेवा कार्यालय चितवनले व्यवसायिक घाँसखेती गर्ने किसानलाई आज मंगलबारबाट अनुदान रकम वितरण गर्दै छ ।
पशुपालन क्षेत्रमा क्रियाशील किसानहरुलाई घाँसखेतीमा उत्प्रेरित गर्न घासको बीउको मूल्य बराबरको रकम दिन लागेको कार्यालयले जनाएको छ । यो वर्ष ८१ जना किसानहरु छनौटमा परेका छन् । ९२ जना किसानले आवेदन दिएकोमा ८१ जना छनौटमा परेका हुन् । १५ कठ्ठा भन्दा बढी क्षेत्रफलमा घाँसखेती गर्ने किसानहरुलाई कार्यालयले अनुदान रकम वितरण गर्न लागेको हो ।
१५ कट्टठा(आधा हेक्टर) क्षेत्रफलमा घासखेती गर्ने ३० जनालाई ५ हजारको दरमा, एक हेक्टरमा घा“सखेती गर्ने २१ जनालाई १० हजारको दरमा, २ हेक्टरमा घा“स खेती गर्ने ९ जनालाई २० हजार, ३ हेक्टरमा घासखेती गर्ने १ जनालाई ३० हजारको दरले बीउ बराबरको मूल्य दिइने भएको पशु सेवा कार्यालय चितवनका पशु सेवा प्राविधिक दीपचन्द्र घिमिरेले जानकारि दिए ।
विगतमा बीउ बाड्ने गरिएकोमा यो वर्ष बीउ बराबरको मूल्य दिन लागिएको हो । आधा हेक्टर क्षेत्रमा ६० केजी घा“सको बीउ आवश्यक पर्छ । एक केजी बीउलाई करिब ८० रुपैया पर्दछ । चितवनमा गीतानगर, रत्ननगरका किसानहरुले घासखेती बढी गर्ने गर्छन् । चितवनमा करिब ७ सय गाईभैंसी, बाख्रा फर्महरु दर्ता भएको पाइन्छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. रामुकुमार कार्कीले घासखेतीमा आधारित पशुपालन गरेमा लागत कम पर्ने बताए ।
जिल्लामा बसेर ५० टन घासको बीउ उत्पादन हुने गरेको पाइन्छ । असोज कार्तिकमा करिब १० टन बराबर बीउ किसानहरुलाई वितरण गरिएको थियो । जिल्लामा जैघा“स, मकैचरी, सुडान, बाजरा जातका मौसमी घा“स तथा नेपियर, डाले घा“स लगाउने गरेको पाइन्छ । फागुन देखि वैशाखमा मकैचरी घा“स लगाउने गरिन्छ ।
यसैबीच जिल्ला पशु सेवा कार्यालय चितवनले निरन्तर पशुपालनमा क्रियाशील पुराना किसानहरुलाई सम्मानित गर्दै छ । व्यावसायिक पशुपालनलाई विकास गर्न किसानलाई सम्मान गर्न लागिएको हो । यो वर्ष १५ जना पशुपालक किसानलाई सम्मान गरिदै छ