सडक बालकको बदलियो जीवन

 

बसन्त पराजुली
चितवन, २८ बैशाख । एक दशकअघिको कुरा हा, ‘नारायणगढको सडकमा भौंतारिरहेका सडक बालकलाई प्रहरीले बोलायो र वडा प्रहरी कर्यालय नजिकै रहेको सडक बालक पूर्नस्थापना गृहमा लगेर खान र लाउन दियो ।
दैनिक खुला आकासमुनि बस्नुपर्ने, भुसिया कुकुरसँगै सडकमै सुत्नुपर्ने, जे जस्तो भेटिएको खानुपर्ने बाध्यता भएका ती बालकलाई सो गृहको खान पिन, वोलीचालीले पनि आकर्षण ग¥यो र त्यही रमाउन थाले । १२ वर्षीय सुरज बोहराको नाम यहाँ लगे सँगै सुरज किरण राखियो । यिनै सुरज किरण सडक बाल गृह ‘हाम्रो घर’ मा हुर्किए र बढे । शिक्षादिक्षा लिएर अहिले चितवनका नाम कहलिएका रेडियो तथा टेलिभिजन प्रस्तोता बनेका छन् ।suraj-800x445
‘घर पूर्व भन्छन् तर ठेगाना थाहा छैन । २०५० सालमा बाढीबाट विस्थापित भएकै कारण चितवन भण्डाराको चौकी डाँडामा बसाइ सरेर आएपछि म पाँच वर्षको हुँदा बाबुको मृत्यु भयो रे अनि आमाले दोस्रो विवाह गरेपछि म सडकमा आइपुगेको हुँ’, कालिका एफएम र टिभि कालिकाका प्रस्तोता सुरज विगत सम्झदै भन्छन्, ‘सडकमा त्यस्तै हो दिन दिनै जसो थोत्रा प्लास्टिक बोक्ने, बिक्री गर्ने आएको पैसाले केही पाए खाने नत्र भोकै सुत्ने । कतिपय अवस्थामा केही समान चोरेर राम्रै आम्दानी गरे त राम्रै खान पाइन्थ्यो तर धेरै रात भोकै सुतेको छु । २०६२ साल साउन २६ गतेको दिन म नारायणगढको सडकमै साथीसँग थिए । केही प्रहरीहरु आए मलाइ बोलाए र लगे । म डराइ डराइ उनीहरुको पछि लागे । उनीहरुले त मलाइ हाम्रो घरमा लगे । अब यही बस्ने हो यही खाने हो भने । म त्यै वस्न थाले । त्यही पढँे । अहिले यो अवस्थामा आइ पुगँे ।’
‘सडकमै बस्ने । सडकमै खाने थिए । साथीहरु सँगै बस्ने गरिन्थ्यो । हाम्रो घरमा आइयो । बाहिर फ्रिडम थियो । लागू पदार्थ खाइन्थ्यो । तर त्यहाँ खान नपाएपछि गारो पनि भयो । पछि विस्तारै विस्तारै छाडे’, उनले भने, ‘त्यो घरमा नआएको भए म सडकमै हुन्थ्थे । चोरी डकैती गर्थे होला । । सडकमा बस्दा चोरी गर्ने काम सिकि सकेको थिए । तर अहिले हाम्रो घरले रुप बदलिदियो ।’
२०४९ साल कात्तिक १ गते जन्मिएका सुरज अहिले २३ वर्षका भए । विगत पाँच वर्षदेखि रेडियो र टेलिभिजनमा प्रस्तोता रहेका भएका उनी अहिले देशकै नाम चलेका नेता र कलाकारको क्यारिकेचर गर्न पछि पर्र्देनन् । टेलिभिजन र रेडियोमा उनको क्यारिकेचर र कमेडीको कार्यक्रम दर्शक माझ लोकप्रिय छन् ।
टिभीमा कलेज कालिका र गाइगुई गरी २ कमेडी कार्यक्रम हप्तामा चलिरहेका छन् भने रेडियोमा होलिडे फन, जम्काभेट, जक्सन, ख्याल ठट्टालगायतका कार्यक्रम अहिले चितवन र यस आसपासका जिल्लाहरुमा चर्चित छन् ।
‘जुन दिन मैले कालिका एफएमका प्रवन्ध निर्देशक बिक्रम पाण्डेलाई भेटे त्यहीँ दिनदेखि मैले रेडियोमा कार्यक्रम चलाउन सक्छु भन्ने लागेर प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारे । अहिले मैले पनि सक्दो आफ्नो प्रस्तुति दिइ रहे जस्तो लाग्छ’, रेडियो प्रस्तोतामा प्रवेशका दिन सम्झदै उनले भने ।
आफू नेपाली टेलिसिरियल मेरी बास्सैको ‘माग्ने बुढो’ को क्यारीकेचरबाट प्रभावित भएर क्यारिकेचर गर्न थालेको र पछि त्यहि कार्यक्रम रेडियो र टीभीमा पनि दिन थालेको उनले जनाए । बाबु सानैमा मरेका र आमाले दोस्रो विवाह गरेपछि आफूलाई अहिले नागरिकता बनाउन गारो भएको अनुभव उनले सुनाए ।
‘म यो देशको नागरिक हैन कि भन्ने भएको छ । नागरिकता नहुदा तलबसमेत बंैकमा राख्न सकिन । डाइभिङ गर्न आउँछ तर नागरिकता नहुदा चालक अनुमतिपत्र लिन सकिँन’, उनले भने । आफू जस्ता पुर्नस्थापना केन्द्रमा हुर्किएका बालबालिकाका लागि विशेष निर्णय गराएर नागरिकता दिनुपर्ने सुरजको माग छ । ‘मेरो ईच्छा कुनै पनि बालबालिका आफू जसरी नै सडकमा नारकीय जीवन बिताउन नपरोस् भनेर नै आफ्नो अबको जीवन सडक बालबालिकाका क्षेत्रमा काम गर्ने ईच्छा रहेको छ’, उनले सुनाए ।
‘मेरो पनि सानो परिवार होस् । परिवार सँगै बस्न पाइयोस्’, परिवारको विछोडमा भोग्नुपरेको पीडाको अन्त हुनुपर्ने भन्दै उनले थपे, ‘विगतका दुःख सम्झदै अब भावी दिनका कार्य योजना बनाएर अघि बढ्न सके थप दुःख पाउनबाट बचिने छ ।’
विभिन्न तथ्याङ्कहरुले चितवनमा १७६ जना सडक बालबालिका रहेको देखाउछ । यी सडक बालबालिका मध्येकै नमुना भएका छन्, सुरज । सडक बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा क्रियाशीलहरु भन्छन्, ‘गरे के हुँदो रहेनछ भन्ने कुरा सुरजको कार्यशैलीले देखाएको छ । सुरजलाई जसरी नै सडकमा रहेका बालबालिकालाई पुर्नस्थापना गराउन सकियो भने सुनौला भविष्य बोकेका बालबालिका भोलिका कर्णाधार हुन् भन्ने भावनाको विकास गराउन सकिने छ ।’