रुद्र मुक्तक संग्रह पुस्तकको विमोचन

अनिल दराई
खैरहनी, २८ बैशाख । चितवनका चर्चित साहित्यकार रुद्रराज कंडेलको मिर्मिरे बिहानी नामक रुद्र मुक्तक संग्रह पुस्तकको आज पुर्वी चितवनको भण्डारामा विमोचन गरिएको छ । चितवनका वरिष्ट साहित्यकार तथा गजलकार केशवराज आमोदीले सो मुक्तक संग्रह विमोचन गर्नुभएको हो । पुर्वि चितवन भण्डारा घर भएका साहित्यकार कंडेल चितवनका चर्चित कलाकारको रुपमा पनि चिनिन्छन् । उहाको २०७२ साल भदौ महिनामा भुकम्पले देशै रुवायो नामक गिति संग्रह पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा वरिष्ट साहित्यकार केशवराज आमोदी प्रमुख अतिथी एवम् गजलकार ईश्वरी ओझा विशिष्ट अतिथी रहेका थिए । सो विमोचन कार्यक्रममा कालि गण्डकी साहित्यिक मञ्चका सचिव रुविन पौडेल, साहित्यकार गोकुल पौडेल, साहित्यकार बैधनाथ देवकोटा लगायका एक दर्जन बढी चर्चित गजलकार एवम् साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा लोक गायक गणेश चेपाङ, कल्पना पौडेल, गोकुल पौडेल लगायतले आफ्ना प्रस्तुती देखाएका थिए । सो कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यिक सर्जकहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्थानिय समाजसेवी धर्मराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।