चितवनमा तामझामका साथ ट्राफिक सप्ताह सुरु

चितवन, २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाईटीको सयुक्त आयोजनामा आईतवारदेखी ट्राफिक सप्ताह सुरु भएको छ । निकै तामझामका साथ र्याली निकालेर सप्ताहको सुरुवात गरियो ।

IMG_8284

नारायणगढको पुल्चोक र भरतपुरको केन्द्रिय वस टर्मिनलबाट छुट्टा छुट्टै रुपमा व्यापक जनसहभागीतामा र्याली निकालिएको थियो । र्याली विरेन्द्र क्याम्पसमा आई कोण सभामा परिणत भएको थियो । कोण सभाका प्रमुख अतिथी चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले ट्राफिक नियम सम्वन्धी चेतना अभिवृद्धी नहुँदा अकालमै मृत्यु वरण हुनु पर्ने अवस्था रहेको उल्लेख गर्दै ट्राफिक चेतना वढाउनु पर्नेमा जोड दिए ।

IMG_8300

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जीवनसंग सम्वन्ध राख्ने विषय भएकाले सडक शिक्षा जरुरी रहेको वताए । कोण सभामा प्रमुख जिल्ला अधिकारी सिंह,ट्राफिक प्रमुख भेटवालसहित नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले मन्तव्य राखेका थिए। ट्राफिक सप्ताहको अवसरमा जेठ १ गते सम्म विभिन्न ट्राफिकसंग सम्वन्धीत चेतनामुलक कार्यक्रम गरिदै छ ।gggggg

ट्राफिक प्रमुख भेटवालका अनुसार सप्ताहको अवसरमा सार्वजनिक वसमा आरक्षण सिटको अनुगमन, छाडा वस्तुहरुको व्यवस्थापन,पर्चा पम्प्लेट वितरण,जिल्लाका चोक चोकमा ट्राफिक शिक्षा प्रदान लगायतका कार्यक्रम हुनेछन् ।

IMG_8210

कोण सभा अघि वाजागाजासहित विभिन्न संघसंस्थाको सहभागीतामा तामझामका साथ र्याली निकालिएको थियो ।

IMG_8340

 

IMG_8222

IMG_8292

(तस्विर : आनन्द पोखरेल/सौराहा अनलाइन)

.