लियो क्लब रत्ननगरमा ज्योति

चितवन, २५ बैशाख । लियो कल्व अफ रत्ननगरको अध्यक्षमा ज्योति भट्ट निर्वाचित भएका छन् ।

lio
लियो कल्व अफ रत्ननगरको १७ ओ बार्षिक साधारणसभाले ज्योतिको अध्यक्षतामा १५ सदस्ययी नयां कार्य समिति निर्वाचित गरेको हो ।

जसको प्रथम उपाध्यक्षमा गणेश आचार्य, सचिवमा विष्णु शर्मा, कोषाध्यक्षमा जीवन पौडेल, डाईरेक्टरहरू सन्तोष ढुङगाना र विष्णु बोहरा सुरेन्द्र भट्ट रहेको निर्वाचन अधिकृत लियो जिल्ला परिषद ३२५ वि २ नेपालका जिल्ला अध्यक्ष अमित गुप्ताले जानकारी दिए ।

कार्यक्रम क्लबका अध्यक्ष प्रमोद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।