अबको शिक्षालाई सार्क राष्ट्र स्तरिय

चितवन, २५ बैशाख । अबको शिक्षालाई सार्क राष्ट्र स्तरिय बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नवलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरीङ एण्ड म्यानेजमेन्टको आयोजना र नेपाल भारत मानव विकास एवम् मैत्री संघको समन्वयमा आयोजना गरिएको छलफल कार्यक्रमका सहभागीहरुले वर्तमान उच्च शिक्षामा अवसर र चुनौति दुवै रहेको उल्लेख गरेका थिए ।

oxfordकार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नरेन्द्र नाहाताले गुण्स्तरीय शिक्षा आजको चुनौती रहेको बताउदै चुनौतीहरुलाई सामना गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । नाहाताले विभिन्न बौद्धिक व्यक्तित्वहरुसंग छलफल गर्न सुझाव दिए ।

नेपालमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गनुपर्ने अहिलेको अपरिहर्या आवश्यकता रहेको नाहाताको भनाइ थियो । सोहि कार्यक्रममा बोल्दै चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले नेपालको शिक्षामा ठूलो लगानी गरिएको भएपनि उपलब्धी भने प्राप्त नभएकोमा चिन्ता व्यक्त गरे ।

राजनितीक कारणले पनि शैक्षिक क्यालेन्डर पढाई संचालन हुन नसकेको कुरा राख्दै अबका दिनमा यसलाई सच्चाएर अगाडि बढ्नुपर्ने स्पस्ट पारे ।

सो कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल भारत मानव विकास एवम् मैत्री संघका केन्द्रिय अध्यक्ष सूर्य भूषालले नेपालमा व्यवहारिक शिक्षा प्रदान गर्न सक्नु मूख्य चुनौतीका रुपमा रहेको बताए ।

सो कार्यक्रम अक्सफोर्ड कलेज गैडाकोटका प्राचार्य हरि भण्डारीको अध्यक्षतामा भएको हो ।