अमेरिकामा पनि महिला पत्रकारको अबस्था उस्तै

चितवन , २५ वैशाख ।नेपाली महिला पत्रकारहरुको अबस्थाको बारे एकजना अमेरिकन पत्रकारसँग चितवनमा छलफल भएको छ । सञ्चारिका समुह चितवनको आयोजनामा दुई देशमा महिला पत्रकारहरुको अबस्था र चुनौतीका विषयमा अनुभव आज आदान प्रदान गरिएको हो ।amerca
चितवनको भरतपुरमा भएको छलफल कार्यक्रममा बोल्दै अमेरिकी पत्रकार जिल फिलियोभिचले अमेरिकामा पनि महिला पत्रकारको अबस्था करिव करिव नेपालकै जस्तो रहेको प्रतिक्रिया दिनुभयो । उहाँ फ्रिलान्सरको रुपमा पत्रकारिता गर्नुहुन्छ ।
तल्लो तहमा महिला पत्रकारहरुको सहभागिता राम्रो रहेको पाईएपनि माथिल्लो तहमा घट्ने क्रम अमेरिकामा पनि रहेको उहाँले बताउनुभयो । ‘विशेषत सम्पादक तहमा २० प्रतिशत पनि महिला छैनन्, फिलियो भिजले भन्नुभयो, जन्मै देखिनै महिला र पुरुष वीचमा हुने अन्तर माथिल्लो तह सम्म उस्तै रहने गरेको छ ।’
नेपालमा मुख्य विटमा महिलाको सहभागिता कम हुने जस्तै अमेरिकामा पनि समस्या रहेको भन्दै उहाँले सहभागिता र अवसरका सम्भावनाहरु राम्रो रहेको बताउनुभयो । विवाह पछि र बच्चा जन्मिएपछि महिलाहरुलाई पत्रकारितामा टिक्न समस्या अमेरिकामा पनि देखिने गरेको उहाँको प्रतिक्रिया छ ।
तर मुख्यगरी सरकारी मिडिया पनि नभएको र पूर्ण स्वतन्त्रता रहेकाले विशेष व्यवस्था केही पनि नरहेको उहाँले जानकारी दिनुभयो । छलफलका क्रममा चितवनको पत्रकारितामा क्रियाशिल रहेका महिला पत्रकारहरुले नेपाली महिला पत्रकार र उनीहरुका समस्याका विषयमा जानकारी दिएका थिए ।
सो क्रममा अमेरिकन राजदुतावासकी सुचना अधिकृत मिना कैनीले सहजी करण गर्नुभएको थियो । सञ्चारिका समुह चितवनकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा, , लैंगिक समानताका विषयमा फिचर लेख्दै आउनुभएका पत्रकार नारायण ढुंगाना, डव्लु डव्लुजेकी उपाध्यक्ष प्रमिता ढकाल, महासचिव सरिता पौडेल, नेपाल प्रेस युनियनकी महिला विभाग संयोजक अनिता खनाल, फोनिज चितवनकी सदस्य कमला गुरुङ लयागतका चितवनमा क्रियाशिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।