सौराहामा ‘विजनेश टक’ कार्यक्रम

चितवन, २५ बैशाख । पर्यटकीय नथरी सौराहामा ‘विजनेश टक’ कार्यक्रम सम्पन्न भएको छ । biss
नेपाल जेसिजको आयोजना तथा सौराहा जेसीजको व्यवस्थापनमा सौराहामा नेपाल जेसिजका केन्द्रिय पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्षहरु गरी करिव २ सय युवा प्रतिनिधि सहभागी भएको सौराहा जेसिसका अध्यक्ष रामशरण सिल्लवालले जानकारी दिए ।gg 44444 555

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, नेशनल व्याङकिङ ईन्सिटच्युटका एकेडेमिका निर्देशक वी एन घर्ती लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन तथा कृषिलाई प्राथमिकता दिन युवाहरुलाई आग्रह गरेका छन् । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेपाल जेसीज एरिया वी को आईटी संयोजक अर्जुन अधिकारीले जानकारी दिए।