सहकारीको पञ्चवर्षिय योजना निर्माण  शुभारंभ

 
चितवन, वैशाख २५ । जिल्ला सहकारी संघ लि.चितवनले पञ्चवर्षीय रणनितिक योजना निर्माण कार्य शुभारंभ गरेको छ ।sahakar

आज (शनिबार) देखि २७ गतेसम्म कृषि विकास बैंक लि. मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्र विरेन्द्रनगरमा संचालन हुने कार्यक्रमले आगामी ५ वर्षका लागि चितवन जिल्लामा सहकारी क्षेत्रको विकासका निती तथा कार्यक्रम तय हुने रणनितीक योजना निर्माण कार्यक्रमका संयोजक तथा जिल्ला सहकारी संघ लि. चितवनका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रमको समुद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य भिमप्रसाद तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका पूर्व प्राचार्य तथा सहकारी विज्ञ चन्द्रबहादुर ठकुरीले सहजिकरण गरेका थिए ।

समुद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी प्राचार्य भिम प्रसाद तिवारीेले योजना बन्नु धेरै सकारात्मक र उदाहरणीय कार्य भएको बताउनु हुदै सहकारी संघ संस्थाहरुको भूमीका स्पष्ट हुनुपर्ने, संस्था प्रति संहकारी संघहरु जिम्मेवार हुनुपर्ने, सहकारीले व्यावसायिकरण तर्फ जोड दिनु पर्ने र सहकारीका स्वनियममा जोड दिनुपर्ने बताए ।

जिल्ला सहकारी संघ चितवन लिमिटेडका उपाध्यक्ष तथा गोष्ठीका संयोजक हरि प्रसाद पौडेलले संस्थागत उदेश्य पूर्ति गर्न, संघ प्रति आकर्षण वृद्धि गर्न, सदस्य वृद्धि गर्न, सक्षम संस्था निर्माण गर्नका लागि आगामी ५ बर्षका लागि निती तथा कार्यक्रम तय भएर सहकारी मार्फत जिल्लाको समग्र आर्थिक विकास गर्न सहयोगी हुने बताए ।

आर्थिक विकासका लागि नेपालको संविधानले सरकारी, निजी तथा सहकारी क्षेत्रलाई आधार स्तम्भ मानिसकेको अवस्थामा सहकारी मार्फत जिल्लाको समावेशी आर्थिक विकास गर्नका लागि योजना आवश्यक छ । सहकारीलाई आर्थिक विकासको एक भरपर्दो माध्यामका रुपमा विकास गर्नका लागि गोष्ठी अत्यन्तै उपयोगी हुने गोष्ठीमा पर्यवेक्षकका रुपमा सहभागी समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिनाले जानकारी दिए ।

सो कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष टिकाराम भट्टराईको नेतृत्वमा जिल्ला सहकारी संघ लिमिटेड चितवनका संचालक समितका पदाधिकारी तथा सदस्यहरु, संघका कर्मचारी र सहकारीका बिशेषज्ञ गरि २५ जनाको सहभागिता रहेको थियो ।