बनबन्धु समाजको अध्यक्षमा टिकाराम चयन

प्रेम क्षेत्री 
गैंडाकोट, २५ बैशाख । नवलपरासीको गैंडाकोटमा सम्पन्न बनबन्धु समाज नेपालको दोश्रो साधारण सभा तथा प्रथम अधिबेशनले टिकाराम बनको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ ।banbanu

समाजको प्रथम उपाध्यक्षमा गोमा बन, द्धितिय उपाध्यक्षमा रुद्रमणी बन, सचिवमा तिला बन अर्जुन, कोषाध्यक्षमा ईश्वरी बन, सह–सचिवमा माधव बन लगायतका सदस्य रहनु भएको छ ।

साथै शनिबार नै सल्लाहकार समिती संयोजकमा कुलानन्द बन, सदस्य कृष्ण बन र सिता बनलाई मनोनयन गरीएको छ । गैंडाकोट ९ थुम्सीमा यसअघि सम्पन्न साधारण सभाले सचिव तिला बन अर्जूनको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ईश्वरी बनको आर्थीक प्रतिवेदनमाथी छलफल गरी पारीत गरेको थियो ।

कार्यक्रमका प्रमखु अतिथी दशनामी समाजका सल्लाहकार तथा बनबन्धु समाज नेपालका सल्लाहकार संयोजक द्रोण बन सन्यासीले आफ्नो जातिय पहिचानको लागी अझ वढि संगठित भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बन समुदायका जेयष्ठ नागरीक कृष्ण बन, दिलकुमारी बन, कार्यसमिती सदस्य गजेन्द्र बन, सदस्य दलु बन, आर्थीक सहयोग गर्ने यमलाल बनलाई सम्मान गरीएको थियो । साधारणसभाले बनबन्धु समाजका सदस्यहरुको क्षमता विकास सँगसँगै दशनामी समाजसंग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

कार्यक्रम बनबन्धु समाज नेपालका अध्यक्ष टेकलाल बनको अध्यक्षतामा सम्पन्न भएको थियो । २ वर्ष अघि चितवन र नवलपरासीका बन समुदायको भेलाले बनबन्धु समाज नेपालको गठन गरेको थियो ।