नयाँशक्तिका आमसभामा आउँदा कार्यकर्ता आशाको ट्रयाक्टरबाट खसेर मृत्यु

राजेन्द्र आचार्य
चितवन, २५ वैशाख । चितवनको टिकौली जंगलमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । नयाँ शक्ति नेपालको आमसभामा भाग लिन भरतपुरतर्फ आउँदै गरेका कार्यकर्ता चढेको ट्रयाक्टरबाट खसेर एक रत्ननगर १३ सालघारीका आशा तामाङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । सो ट्रयाक्टर विहान नयाँशक्तिका कार्यकर्ता बोकेर रत्ननगरको सालघारीबाट आउँदै थियो ।

शनिबार चितवनको भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा नयाँशक्ति नेपालको आमसभा थियो । आमसभामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, नेता मुमाराम खनाल, बलावती शर्मा, करिश्मा मान्नधर लगायतले सम्बोधन गरेका थिए ।