दुम्किबास र पिठौलीमा दुई बेवारिसे शव फेला

नवलपरासी, २५ बैशाख । नवलपरासीको दुम्किबास–१ मा आज बिहान एक पुरुषको बेवारीसे शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय नयां बेलहानीका प्रहरी निरीक्ष्ँक युवराज तिमिल्सिनाले दिएको जानकारी अनुसार दुम्किबास–१ दाउन्ने देवी पेट्रोल पम्प नजिकै रहेको कल्भर्ट मुनि अन्दाजी ३५ बर्षको पुरुषको वेवारीसे शव फेला परेको हो ।
शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको उनले बताए ।
शव गलेको अवस्थाको भएकाले पोष्टमार्टम गर्ने अवस्थाको नभएकोले मुचुल्का उठाएर शव गाडिने समेत उनले बताए ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा शुक्रबार साझ एक जना पुरुषको वेवारिशे शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दजी ४० वर्षको जस्तो देखिने परुुषको शव नारायणी नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सेतो सेन्डो र कालो पाईनट लगाएको अवस्थामा भेटिएको शव सडि सकेकोले शवलाई नारायणी किनारमा खाल्डो खनेर गाडिएको प्रहरीले जनाएको छ।

.