चोरमारमा सवारी दुर्घटनाबाट एकको मृत्यु, तिन घाईत, एकको अवस्था गम्भिर

दयाराम आचार्य
नवलपरासी, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा जगंलमा गएराति बिग्रिएर रोकि राखेको ट्रकमा कार ठोकिदा एक जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परी अन्य तीन जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दु–७ चोरमारामा जगंलमा बिग्रिएर रोकिराखेको बा.१.क २० ४६ नम्बरको ट्रकमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको एम.एच.४७ एस.२४९३ नम्बरको भारतीय नम्बर प्लेटको कार ठोकिन पुग्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी कारमा सवार भारत महाराष्ट्र बस्ने अन्दाजी बर्ष ३५ का अभचन यादवको उपचारको क्रममा भरपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनमा परी भारत मुम्बई घर भएका योगेश भट्ट, भारत लक्ष्मिपुरका दिलिप सोनी र जितेन्द्र पाल सिंह घाईते भएका छन् । घाईते मध्ये भट्टको अवस्था गम्भिर रहेको र घाईते तिनै जनाको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।