अपाङ्ग छोरीसगै पौडेल दम्पत्तिको बिचल्ली

सरोज उपरकोटी
चितवन, २५ बैशाख । टिनको छानो मुनी एउटा पुरानो खाट अनि केहि पुराना भाडाकु“डा छन् । अगाडि टिनले नै बारेको बार र ढोका पनि नभएको सानो कोठा छ । बाहिरबाट भित्रको क्रियाकलाप छ्वाङ्गै देखिन्छ । भरतपुर–२, बेलटा“डीमा रहेको यस कोठामा सिता पौडेल(६५) आफ्नी ४० वर्षकी छोरी भूमिका पौडेललाई पिठोको लिटो खुवाउ“दै थिईन् । छोरा–छोरी जन्माएर हुर्काए पछि हरेक बाबु आमालाई सन्तानबाट केहि न केहि साथ पाउ“छन् तर सिताले आफूलाई भगवान्ले ठगेको छ भन्छिन् ।disable

४० वर्षिया भूमिका जन्मजात अपाङ्ग छिन् । उनी न बोल्छिन, न राम्रो स“ग हिड्न सक्छिन् । राम्रो स“ग शरीरको विकास पनि नभएको भूमिकाको दुवै हात चल्दैनन् । स“धै जसो खकार र ¥याल चुहाई रहने भूमिकालाई खाना खान दिने देखि लिएर दिसा, पिसाव सफाई सबै आमा सिताले गरिदिनु पर्छ ।

यकातिर अपाङ्ग छोरीको यस्तो अवस्था छ भने अर्को तिर सिताका श्रीमान् देवीदास पौडेल(६६) को पनि निको अवस्था छैन् । देवीदास पनि आंशिक अपाङ्ग छन् । देवीदासको देर्वे खुट्टा भा“चिएर छोटो भएको छ ।

भारतको देहेरादुनमा टेम्पोले हानी उनको देव्रे खुट्टा भा“चिएको थियो । भा“चिएको भाग तल माथि भई जोडि“दा देवीदासको दाईने खुट्टा भन्दा देव्रे छोटो भएको हो । देवीराम पनि राम्रो स“ग हिंड्न नसक्ने र ठेस लाग्ना साथ लड्ने गरेको सुनाउ“छन् । दुई वटा अपाङ्ग भएको यो परिवार चरम गरीबीमा बा“चिरहेको बताउ“छन् । मागेर जीवन गुजार्दै आएको सिता बताउ“छिन् । उनीहरुको सम्पत्तिको नाममा पकाई खाने भाडा बाहेक अरु केहि नभएको सिताको भनाई छ ।

उनी भन्छिन्–“हामी मागेर खा“दै आछौं, सम्पत्ति केहि छैन् । हाम्रो जस्तो बिचल्ली त यो दुनियामा कस्को पो होला र ।” हरेक दिन अपाङ्ग छोरीलाई डोराएर नारायणी नदिको किनारमा रहेको हरिहर मन्दिरको गेटमा बसेर माग्नु सिताको दिनचर्चा भएको सुनाउ“छिन् । उनले नसकेको दिनमा श्रीमान लौरो टेकेर माग्न जाने गरेको सिताको भनाई छ । माग्न नसकेको दिनमा तीनै जना खाना नपाएर मर्ने देवीदासको भनाई छ । आ“खा भरी आ“सु बनाएका देवीदासले भने–“ हाम्रो साहारा कोहि छैन्, सकेको दिन सम्म मागेर खाने हो । नसकेको दिनमा तीनै जना बाटोमा गएर लम्पसार पर्ने हो, त्यो अवस्थामा भोकै मरिन्छ ।”

अहिले सम्म अपाङ्ग भूमिकाले सरकारबाट अपाङ्गहरुले पाउने गरेको कुनै भत्ता वा सहयोग नपाएको सिता बताउ“छिन् । उनी भन्छिन्–“म चार पटक नगरपालिकामा गए“ तर केहि पाईएन् । मेरी छोरी अलि–अलि हिंड्न सक्ने भएर नपाउने रे ।” उनका अनुसार गरिबलाई सरकार देखि सबैले वेवास्ता गर्छन् । भूमिकालाई यो ४० वर्ष पुग्दा सम्म कुनै संघसंस्थाबाट समेत सहयोग नआएको परिवार स्रोत बताउ“छ ।

२०३८ सालमा लमजुङको बेशीशहरबाट आई १० वर्ष नवलपरासी र बा“की समय चितवनकै विभिन्न ठाउ“का बसेका पौडेलका दम्पत्तिका तीन रहेको बताउ“छन् । एक छोरीको ९ वर्षमा मृत्यु भएको थियो भने छोरो काम गर्न सक्ने भए पछि भारत तिर गएका थिए । छोरो अहिले भारतको कुन ठाउ“मा के गर्दै छन् भन्ने पौडेल दम्पत्तिलाई केहि थाहा छैन् । भारत गए पछि २०५६ सालमा एक पटक भेट्न आएको र त्यस पछाडि आफूहरुको वास्ता नगरेको उनीहरुको भनाई छ ।

यसरी वेसहारा बनेका पौडेल दम्पत्तिले सहयोगी संस्था र व्यक्तिहरुबाट सहयोगको लागि अनुरोध गरेका छन् । उमेर ढल्दै गएकाले आफूहरुको सेख पछाडि अपाङ्ग छोरीको बिचल्ली हुनेमा चिन्तित दम्पत्तिले छोरी र आफूहरुलाई उद्धार गरी जीवन सजिलो गरी चलाउने आधार बनाईदिन मनकारी जनमा आग्रह गरेका छन् । पौडेल दम्पत्तिको जीवनको अन्तिम ईच्छा छोरीको साहारा र आफूहरुको जीवन जीउने आधार रहेको बताउ“छन् ।