चितवनमा व्यवसायीक पत्रकारिता कमजोर

चितवन, २४ बैशाख  । चितवनमा व्यवसायीक पत्रकारिता अझै कमजोर अवस्थामा रहेको सञ्चारकर्मीले टिप्पणी गरेका छन् । आज भरतपुरमा गरेको प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर प्रथम राष्ट्रिय पत्रकारिता दिवस जिल्ला स्तरिय समिति चितवनले गरेको कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।

पत्रकारिता पेशालाई टिकाउन कठिन भएको भन्दै यसलाई व्यवसायीक बनाउन सञ्चारकर्मीहरुले सञ्चार माध्यम तथा स्थानीय निकायलाई आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले स्थानीय पत्रकारिताको विकासका लागि अग्रसर हुने बताउनुभयो । उहाँले समाज परिर्वतनमा पत्रकारहरुको भुमिकका महत्वपुर्ण भएको भन्दै सत्य तथ्य समाचार प्रकाशन प्रशारण गर्न आग्रह गर्नुभयो ।Photo of the day

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले न्युन्तम पारिश्रमीक पनि नपाउँदा पत्रकारहरु आफ्नो पेशा छोड्न बाध्य भएको भन्दै उहाँले पत्रकारिता सम्वन्धि सरकारले ल्याएका ऐनलाई कायन्र्यन गर्न सवै एक जुट हुनुपर्ने बताउनुभयो । लोकल मिडियालाई स्थापित गर्न नसके व्यवसायीक पत्रकारिता आगाढि बढ्न नसक्ने बताउँदै उहाँले जिल्लाको विज्ञापन जिल्लाका मिडियामा नै दिन विज्ञापन दाताहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका सल्लाहाकार कृष्ण गिरिले आफ्ना कुराहरुलाई बाहिर ल्याउन नसक्दा पत्रकारहरु धेरै पछाडि परेको बताउनुभयो । कार्यक्रममा उहाँले पत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्ने जस्ता तालिमहरुको आवश्यक रहेको बताउनुभयो ।

चितवन जिल्लामा १ सय १५ वटा पत्रपत्रिका जिल्ला प्रशासनमा दर्ता भएका छन् । ति मध्ये ५ दैनिक, १ अर्धसाप्ताहिक, १२ साप्ताहिक गरि २२ वटा मात्र पत्रिकामात्र नियमित रुपमा प्रशासन भएको पत्रकार महाँसंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघका चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र बडुवाल, पत्रकार शालिग्राम नेपाल, प्रकाश ज्ञवालि, शान्ता अधिकारी, जिल्ला विकास समिति चितवनका सुचना अधिकृत बलराम लुईटेल लगाउतले बोल्नु भएको थियो ।