युनाईटेड टेक्निकल नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

चितवन, २४ बैशाख । अनेरास्ववियु युनाईटेड टेक्निकल कलेज भरतपुर ११ भोजाडले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । अनेरास्ववियुले शुक्रबार क्याम्पस परिसरमा आयोजना गरेको कार्यक्रममा क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रमका सम्पूर्ण वक्ताहरुले नवआगन्तुक विद्यार्थीहरुको सफल अध्ययनका लागी शुभकामना व्यक्त गर्दै क्याम्पसबाट पढाई सकेर जाने विद्यार्थीहरुको आगामी समय सफल र स्मरणीय रहोस् भन्ने कामना गरेका थिए । कार्यक्रममा प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेकोमा विशेषतः जोड दिईएको थियो । यस्तै सो क्रममा सम्पूर्ण प्रगतिशील विद्यार्थीहरु एक हुनुपर्ने सन्देश व्यक्त गरिएको थियो । अनेरास्ववियुको केन्द्रिय अनुशासन आयोगकी अध्यक्ष निशा अधिकारी प्रमुख अतिथी रहेकी थिइन् सो कार्यक्रममा अनेरास्ववियु सचिवालय सदस्य आर्दता रेग्मी विशिष्ठ अतिथी रहेकी थिइन् । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दर्शन अधिकारीको अध्यक्षतामा भएको हो ।