आम सभालाई सम्बोधन गर्न डाक्टर बाबुराम भट्टराई चितवन आउने

चितवन, २४ बैशाख । नया शक्ति पार्टी नेपालले शनिबार बिहान ११ बजे विरेन्द्र बहुमुखी क्याम्पसको चौरमा आम सभा गर्ने भएको छ । नया शक्ति नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरि सोको जानकारी दिएको हो ।naya sakti ko आमसभामा नयां शक्ति नेपालका केन्द्रिय संयोजक डा. बाबुराम भट्टराइ प्रमुख वक्ता रहनेछन् । सचिवालय सदस्य मुमाराम खनाल, करिश्मा मानन्धर पनि वक्ताको रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चितवनमा नयाँ शक्ति पार्टीको एक सय एक जना सदस्य निर्माण गरि सकेको र भातृ संगठनहरु बनाउने क्रम पनि चलिरहेको नयाँ शक्तिका चितवन जिल्ला संयोजक रमेश रेग्मीले जानकारी दिए । यस्तै नया शक्तिले मानिसहरुलाइ कुनै पनि किसिमको डर धम्की देखाइ रकम नअसुल्ने तर स्वच्छाले दिएको रकम भने ग्रहण गर्ने जानकारी दिईएको छ । पुराना विचार, संगठन, कार्यशैली र कार्यदिशा अहिलेको आवश्यकता र जनताको मागलाइ पुरा गर्न नसक्नेमा उनले जोड दिए । २०७३ साल जेठ महिनाको अन्तिम साता जनताको सहभागितामा नयां पार्टिको घोषणा गरिने भएको छ ।