सरकारले भूपूलाई सम्बोधन गर : एमाले महासचिव पोखरेल

चितवन, २४ बैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वन गर्न भुपु सैनिकहरु संगठीत हुनु पर्ने धारण राखेका छन् । नेपालमा करिब छ लाखको संख्या छ–उनले भने । भूतपूर्व सेना तथा प्रहरीहरुलाई राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न र सविंधान कार्यान्वयन गर्न संगडीत बनौं ।IMG_0001

नेकपा एमाले निकटको जनवर्गीय संगठनको रुपमा स्थापना भएका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेलामा उनले यस्तो बताएका हुन् । पोखरेलले नेपालको जनसंख्याको मुख्य हिस्सा बोकेका भूपूहरुलाई सरकारले उचित रुपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।
भूतपूर्व सेना तथा प्रहरीको राम्रो र बलियो संगठन बनाउँदै सम्पूर्ण भूपूहरुको समस्यालाई राष्ट्रिय मुद्दा बनाएर अगाडि बढ्नको लागि पोखरेलले भूपूहरुलाई निर्देशन दिएका छन् । एमालेले सम्पूर्ण भूपूहरुको समस्यालाई समाधान गर्न लागेकाले सम्पूर्ण भूतपूर्व सेना तथा प्रहरीलाई संगठीत बनाउँदै अगाडि बढ्न पोखरेलले आग्रह गरे । कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सम्पूर्ण भूतपूर्व सेना तथा प्रहरीले दुई वटा भूमिका खेल्नुपर्नेमा जोड दिए । एउटा भूमिका एमालेको भएर खेल्ने अनि अर्को भूपू भएर अगाडि बढ्नुपर्ने भन्दै कुनै एउटाको पक्षमा लाग्दा अर्को जिम्मेवारीलाई बिर्सन नहुने पोखरेलको भनाइ थियो ।
भूतपूर्वका ज्ञान र सीपलाई मुलुक निर्माणमा प्रयोग गरौं

भूतपूर्व सैनिक तथा प्रहरीहरुको ज्ञान र सीपलाई मुलुक निर्माणमा प्रयोग गर्नुपर्ने बताइएको छ । चितवनमा शुक्रबारदेखि सुरु भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेलाका वक्ताहरुले भूपूहरुको ज्ञान र सीपलाई राज्यले उपयोग गर्न नसकेको बताएका छन् ।
कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले एमालेले जनताको आर्थिक विकास र समृद्धिमा अगुवाई गर्नु जरुरी रहेको बताए । नेपालमा नै भएको सम्भावनालाई प्रयोग गर्दै नेकपा एमाले अगाडि बढ्न चोहेको सचिव विष्टको भनाइ थियो । विभिन्न देशहरुमा रहेर सेना तथा प्रहरीमा काम गरेको अनुभव भएका भूतपूर्व सेना तथा प्रहरीलाई राज्यले राष्ट्र निर्माणको भूमिका दिनुपर्नेमा विष्टले जोड दिए । अवसर प्राप्तीको लागि नेपालीहरु विदेशीनु पर्ने अहिलेको बाध्यता भएकाले हामीसँग भएका स्रोत र साधनको उचित प्रयोग गर्न सकियो भने नेपाल २० वर्षभित्र आत्मनिर्भर बन्दै विदेशीहरुको गन्तव्य हुने विष्टले बताए । हामीले हाम्रो देशमा अमेरिका, बेलायत, सिंगापुरमा जस्तै गरि रोजगारीको सिर्जना गर्न सकेको खण्डमा लाखौँ विदेशीहरु काम गर्नका लागि नेपाल आउने विष्टको भनाइ थियो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठनको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य एवम् भूपू सेना तथा प्रहरी संगठन इन्चार्ज हरि राईले नेकपा एमालेले भूपूहरुलाई संगठित गर्दै लैजाने बताए । भूपूहरुको सदस्यता विस्तार गर्दै राजनीतिक प्रशिक्षण दिनको लागि राष्ट्रिय भेलाको आयोजना गरिएको राईको भनाइ छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज कृष्ण खनाल, पूर्व प्रहरी महिला संठनकी केन्द्रीय सदस्य लालकुमारी सिलवाल, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियालगायतले मन्तव्य राखेका थिए । उक्त प्रशिक्षण भेलामा ४० वटा जिल्लाबाट करिब दुई सय जना भूतपूर्व प्रहरी तथा सेनाहरुको सहभागिता रहेको छ । देशभरी करिब छ लाखको हाराहारीमा भूतपूर्व प्रहरी तथा सेना रहेको अनुमान गरिएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष धनबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

Promise Education Consultancy