चितवनमा धानको विऊ वितरण गरिने

वसन्त ढुंगाना
चितवन, २४ बैशाख । जिल्ला कृर्षि विकास कार्यालय चितवनले भोलि (शनिवार) देखि ४० प्रतिशत अनुदानमा कृषकहरुलाई धानको विऊ वितरण गर्ने भएको छ । राष्ट्रिय विऊ विजन कम्पनीका डिलर, जिल्ला सहकारी संघ र जिल्लाका कृर्षि सहकारी मार्फत ३ सय ६७ मेक्ट्रिकटन धानको विऊ वितरण गर्न लागिएको हो । उन्नत जातको धान उत्पादनमा बृद्धि ल्याउनको लागि चितवनको माटोमा सुहाउँदो सावित्रि, मकवानपुर एक र रारा चार जातको विऊ वितरण गर्न लागिएको जिल्ला कृर्षि विकास कार्यालयका बालि विकास अधिकृत सुदिप रेग्मीले जानकारी दिनुभयो ।

राष्ट्रिय विऊ विजन कार्यक्रम मार्फत एक जना कृषकले ३ सय २० केजि सम्म धानको विऊ पाउने रेग्मीले जानकारी दिनुभयो । जिल्लाका १३ वटा कृर्षि विऊ विजनका डिलर र कृर्षि सहकारी मार्फत कृषकहरुले धानको विऊ प्राप्त गर्ने जिल्ला कृर्षि विकास कार्यालय चितवनले जानकारी दिएको छ ।

धानको विऊलाई प्रतिकेजि ५३ रुपैयाँ सम्म तिर्ने गरेका कृषकहरुले अव प्रतिकेजि ३५ रुपैयाँमा प्राप्त गर्नेछन् । २९ हजार ५ सय हेक्टरमा धान खेति हुँदै आएको जिल्लामा ९३ हजार मेक्ट्रीकटनको हाराहारीमा धान उत्पादन हुने जिल्ला कृर्षि विकास कार्यालयले जानकारी दिएको छ ।