अष्ट्रिेलियामा उच्च शिक्षाका बारे एक्सपर्टको शैक्षिक सेमिनार

चितवन, २४ बैशाख । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले भरतपुरमा एक दिने बृहत निशुल्क शैक्षिक सेमिनार सम्पन्न गरेको छ । FullSizeRender
उच्च शिक्षाका लागि अष्ट्रिेलिया जान चाहने विद्यार्थीका लागि लक्षित गरि विभिन्न महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले एक्सपर्ट एजुकेशन एक दिने सेमिनारको आयोजना गरेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
सेमिनारमा अष्ट्रिेलियमा किन अध्ययन गर्ने, त्यहाँको उच्च शिक्षाको महत्व, भौगोलिक स्थिति, रहनसहन, सांस्कृतिक सम्बन्ध, अध्ययन गर्नका लागि आवश्यक पर्ने क्षमता तथा प्रक्रियाका सम्बन्धमा चाल्र्स स्ट्रट युनिभर्सिटी मेलवर्नका शैक्षिक निर्देशक अलि सइयद, टेफ इन्टरनेशनलका अटिला बकचे, एक्सपर्ट सिड्नीका निर्देशक सञ्जीव शर्मा र एक्पर्ट ब्रिसवेनका निर्देशक सागर अर्यालले जानकारी गराएका थिए । कार्यक्रममा १३० जना बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
उच्च शिक्षाका लागि विदेश जाने क्रम बढिरहेको र त्यसका लागि नेपालमा एजुकेशन कन्सल्टेन्सीमार्फत परामर्श तथा सहजीकरण सेवा प्रदान गरेर विद्यार्थीलाई सजिलो बनाउन र । अझ सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि तथा विज्ञले प्रत्यक्षरुपमा परामर्श सेवा प्रदान गराउँदा विद्यार्थीले अनावश्यक झञ्झटबाट सजिलै मुक्ति पाउने एक्सर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।20160506_130131

एक्सपर्टले नेपाल र अष्ट्रेलियामा १० वटा शाखामार्फत शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको छ । सेमीनारको अवसरमा उच्च शिक्षाका लागि अष्ट्रिेलिया जान चाहने विद्यार्थीहरुलाई सम्बन्धित विश्व विद्यालय तथा कलेजका प्रतिनिधिले समूह तथा व्यक्तिगत परामर्श सेवा प्रदान गरेका थिए ।EXPERT 1
त्यस्तै एक्सर्ट सिड्नि निर्देशक सञ्जिव शर्माले विश्वविद्यालय छान्नु अघि, विदेश पढ्न जानु अघि धेरै राय परामर्श लिएर विश्वासिलो परामर्शदाता छान्न पनि विद्यार्थीलाई आग्रह गरे । अष्ट्रिेलिया मुख्य कार्यालय रहेको एक्पर्टले हालसम्म विश्व बजारबाट १७ हजार भन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा प्रदान गरेर त्यहाँका विभिन्न विश्वविद्यालय र कलेजमा आवद्ध गराउन सफल भएको उनले बताए । उक्त कार्यक्रमको सञ्चालन समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिनाले गरेका थिए ।EXPERT 2

Leave a Reply

Your email address will not be published.