एड्भान्सको आयोजनामा रक्तदान

चितवन, १८ वैशाख । एड्भान्स सामुदायिक अस्पताल भरतपुरको आयोजनामा शनिबार अस्पताल परिसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मे दिवसको पूर्व सन्ध्यामा गरिएको कार्यक्रममा दुई महिला र ५१ पुरुष गरी ५३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत रगत अभावलाई परिपूर्ति गर्न अस्पतालका तर्फबाट रक्तदान कार्यक्रम गरिएको एड्भान्स सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक हीरामान महर्जनले बताए । स्थानीय टि बोईज भरतपुरको सहयोगमा भएको कार्यक्रम अस्पतालका अध्यक्ष सुदीपसिंह अधिकारीको अध्यक्षतामा भएको थियो ।

.