सुनको भाउ उकालो लाग्यो

चितवन, १७ वैशाख । सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । चाँदी पनि १५ रुपैयाँले बढेको छ ।
सुन शुक्रबार तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको ५५ हजार तीन सय रुपैयाँ थियो । चाँदीको भाउ पनि शुक्रबार १५ रुपैयाँले बढेर आठ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
यस्तै डलर कमजोर भएकाले सुनमा लगानी बढेको उनले बताए । शाक्यका अनुसार सुनको भाउ बिहीबार प्रति औंश एक हजार दुई सय ४८ डलर थियो । शुक्रबार प्रति औंश ३० डलरले बढेर एक हजार दुई सय ७७ डलर पुगेको छ । यस्तै चाँदी प्रति औंश ६० सेन्टले बढेको छ । बिहीबार १७ दशमलव २५ डलर भएकोमा शुक्रबार बढेर १७ दशमलव ८५ डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published.