नारायणीबाट गिट्टीबालुवा चोरी निकासी

रामकुमार श्रेष्ठ
नवलपरासी, १७ बैशाख। । नवलपरासीको गण्डक क्षेत्रस्थित नारायणी नदीबाट अवैध रुपमा गिट्टी बालुवा चोरी निकासी भएको छ ।
नर्सही नमुना गाविसअन्तर्गत पर्ने ठोकर नं. १५ र १६ को बीचबाट दैनिक रुपमा २५/३० ट्याक्टर गिट्टीबालुवा चोरी भइरहेको स्थानीयहरुले बताए ।baluwa-nikasi
स्थानीय बासिन्दाहरुले प्रहरी चौकी नर्सहीलाई पटक–पटक जानकारी दिँदा पनि प्रहरीले वास्ता नगरेको र प्रहरी इन्चार्ज कै मिलोमतोमा चोरी कार्य भइरहेको स्थानीय बासिन्दाको आरोप छ । स्रोतका अनुसार नर्सही प्रहरी चौकीका इन्चार्ज बेचनप्रसाद यादवको लु १ त ९७६ नम्बरको ट्याक्टर पनि सो चोरी कार्यमा संग्लग्न रहेको बताइएको छ ।
चोरी भएका गिट्टी, बालुवा केही छिमेकी गाविस भुजहवा, बैदौली, गुठीप्रसौनी र छिमेकी मित्र राष्ट्र भारत लगेर प्रति टेक्टर ५/६ हजारसम्म बिक्री गरिरहेको स्थानीयले बताए ।
नारायणी नदीबाट गिटी बालुवा तथा ढुंगा निकाल्ने अवैध मानिन्छ । तथापि यहाँबाट बर्सैनि अवैध रुपमा गिटी बालुवा र ढुंगा निकासी हुने गर्दछ । नारायणी नदीमा टेण्डर पनि खोल्न नमिल्ने हुँदा यहाँ चोरी झन् बढेको हो ।
केही गिट्टी बालुवाहरु बी गैप बाँधका पश्चिम भागका छेउछाउहरुमा स्टक गरी राखिएको छ । नर्सही प्रहरी चोकी इन्चार्ज यादवले आफूलाई यो विषयमा जानकारी नभएको बताए ।

Leave a Reply

Your email address will not be published.