७६ हजार लिटर पेट्रोल चितवनमा आज बाँडिदै

चितवन, १७ वैशाख । चितवनका विभिन्न पेट्रोल पम्पमा आज बिहानबाट ठुलो परिमाणमा पेट्रोल बाडिदै छ । चितवनकका प्रमुख जिल्ला अधिकारीले दिएको जानकारीअनुसार यहाँका पम्पहरुका लागि ७६ हजार लिटर पेट्रोल हिजो राती नै आइपुगेको छ । उनले अभावपछिको यो परिमाण ठूलो भएको बताए ।pumpfinal
“केही दिनदेखि जिल्लामा पेट्रोलियम अभाव देखियो”, उनले भने, “ बिहानबाट ७६ हजार लिटर पेट्रोल बाडिदै छ, अब सबैले पाउन सक्छन् ।”
अरु जिल्लामा पेट्रोल सहज भएपनि चितवनमा भने हाहाकार नै थियो । जिल्लाका अधिकांश पम्ममा आज पेट्रोल बाँडिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.