नवलपरासीमा यसरी हुन्छ बिद्यार्थिको किनबेच

भबिश्वर पाण्डे
नवलपरासी, १७ बैशाख । नवलपरासी जिल्लाको कावासोतीमा बैशाख महिनाको सुरु देखि अहिले सम्म बिद्याथिको किनबेचको हल्लाले कावासोती बजारनै तातिएको छ । पछिलो समय एसएलसि दिएर बसेका बिद्यार्थिहरुलाई कावासोतीको नाम चलेका अनि बिज्रकोष सञ्चालन गरेका ईन्ष्टिच्युटहरु , एकेडेमिहरुले टिउसन कक्षा पढाउने शैक्षिक सस्थाहरु  आ–आफनो सस्थामा बिद्यार्थि पढाउनको लागी एसएलसि दिएर बसेका बिद्याथिको अभिभाब , शिक्षक , नातेदार र साथिहरुबाट यी शैक्षिक सस्थाहरुले बिद्यार्थिको किनबेच गर्ने गरेको खुलासा भएको छ ।Nawalparasi map
कावासोतीका ईन्ष्टिच्युटहरु र एकेडेमिहरुले बिद्याथिलाई आफनो सस्था पढाउनको लागी अभिभाभलाई फोन गरी बोलाउने अनि मदिरा पिलाउने र बिद्याथिहरुलाई दैनिक करिब १० पटक भन्दा बढी फोन गर्ने गरेको छन् भने एसएलसि दिएको बिद्यालयका शिक्षलाई बिद्याथी आफनो शैक्षिक सस्थामा पठाए बापत ठुलो कमिसन दिने समेत गरेका छन् । अझ सगैको साथिलाई उनिहरुको सस्थामा पढन ल्ययो भने निशुल्क अनि कमिसन पनि दिने गरेका छन् । यो सिजनमा कावासोती क्षेत्रमात्र होईन नवलपरासी जिल्लाको सबै बिज्रकोष सञ्चालन गर्ने यस्ता धेरै शैक्षिक सस्थाले यस्तो गर्ने गरेका छन् जसले गदा बिद्यार्थिको अधिकार नै खोसिने गरेको छन् । महङगो शुल्क तिरेर पढन बाध्य समेत भएको एसएलसि दिएर बसेको कावासोतीका हरी नारायण गैतमको भनाई छ ।
अझ पछिलो समय स्कुलबाट फोन नम्बर लगेर ईन्ष्टिच्युटहरु , एकेडेमिहरुले सञ्चालकले फोन गरेका हुन्छन् । अहिले एसएलसी दिएर खाली रहेका बिद्यार्थीहरुलाई बिभिन्न कुराले आकर्षण बनाई आफ्नो ईन्ष्टिच्युटहरु , एकेडेमिहरुमा तान्न सञ्चालकहरु लागि परेका छन् । कावासोतीमा भर्खरै एसएलसी दिएर बसेकी रमिला श्रेष्ठले भनिन् —‘एक बिहानै नचिनेको नम्बरबाट फोन आयो बिशेष छुट छ, आजै आउनुहोस बिज्रकोर्ष गर्न अन्य बिभिन्न तयारी कक्षा पनि सञ्चालन गरिएको छ’। दिनमा फोन ६,७ पटक मेरोमा फोन आउछ नभए ड्याडीलाई नै सञ्चालकहरुले फोन गर्ने गरेका छन् उनले थपिन् । स्कुलमा रहेको नम्बर ईन्स्टिच्यूट सम्म पुगेर फोन आउन थालेपछि अभिभावक समेत आश्चर्यमा परेका छन । एलएलसी शुरु हुनुपूर्व देखि बिभिन्न प्रचारात्मक शैलीहरु अपनाएका ईन्ष्टिच्युटहरु र एकेडेमिहरुले अहिले बिद्यार्थीहरुलाई फोनबाटै अनि आफन्त , नातेदार साथि भाईहरुलाई ठुलो कमिसन दिई आकर्षण गरिरहेका छन् । एक चोटी फोन गरे अनि उनिहरुको शैक्षिक सस्थामा नगएपछि पुन पटक पटक फोन गरेर बिशेष छुटको समय सकिन लागेको बताउने अनि त्यहि शैक्षिक सस्थामा जानको लागी अभिभाबक , नातेदार र साथिहरुको दबाब आउने गरेको बिद्यार्थीहरुले बताएका छन् । केही समय फ्रेस हुने मुडम रहेका बिद्यार्थीहरुलाई केही दिनदेखि लगातार फोन आउन थालेपछि दिक्क मानेका छन् । ब्रिज कोषका लागि टाढा जान नपर्ने भन्दै नजिकमै पढ्न पाइने भन्दै धेरै फोन आउने गरेको कावासोतीका बिक्रम बश्यालको भनाई छ ।
कावासोतीको थाना चोकमा बिहिबार एका बिहानै नै चिया पिउनको लागी आएको एक गुप युवाहरुले ब्रिज कोषको लागी ईन्ष्टिच्युटहरु , एकेडेमिहरुमा बिद्यार्थि पठाए बापत नै यो सिजनमा करिब ६० हजार भन्दा बढी रकम कमाएको बताएका छन् । पाल्पा घर बताउने कावासोतीमा कलेज पढन बसेका ती युवाले एक बिद्यार्थि कावासोतीको केही ब्रिज कोष सञ्चालन गरेका शैक्षिक सस्थामा लाने हो भने करिब २ हजार देखि ३५ सय रुपैया सम्म कमिसन समेत दिने गरेको बताएका छन् । पछिल्लो समय कावासोतीमा नाम चलेका ईन्ष्टिच्युटहरु , एकेडेमिहरुले २५ सय देखी १२ हजार रुपैया सम्ममा ब्रिज कोष पढाउने गरेका छन् । गुणस्तरको लागी भन्दा पनि कमिसनको लागी बिद्याथिहरु अभिभाबक , नातेदार र साथिहरुले नै भनेको शैक्षिक सस्थामा पढन जान बाध्य भएको चोरमाराका दिपेस क्षेत्रीको भनाई छ । कावासोतीमा रहेका करिब एक दर्जन ईन्ष्टिच्युटहरु र एकेडेमिहरुमा यस क्षेत्रको चोरमार , अरुणखोला , दुम्कीबास , प्रगतिनगर , दलदले , रजहर र पाहडि क्षेत्रको डेढगाउ , भारतीपुर ,बुलिङटार लगायतका क्षेत्रबाट बिज्ञान र नर्स बिषयको ब्रिज कोष पढन आउने गरेको सञ्चालकहरुको भनाई छ ।